
काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्ति डेपुटी गभर्नर दीर्घबहादुर रावलले गभर्नर प्रा.डा विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।
शपथ ग्रहण गरेलगत्तै उनले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरको पद बहाली समेत गरेका छन्। उनलाई बुधबार बसेको मन्त्रिपरिषदको बैठकले डेपुटी गभर्नर पदमा नियुक्त गर्ने निर्णय गरेको थियो।
रिक्त डेपुटीमध्ये एकमा पण्डित २०८२ चैत २४ गते नियुक्त भएका थिए। रावल केन्द्रीय बैंकका कार्यकारी निर्देशन हुन्। उनले बैंक सुपरीवेक्षण विभागमा नेतृत्व गरिरहेका छन्। उनले राष्ट्र बैंकमा २० वर्ष काम गरिसकेका छन् ।






Leave a Reply