Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

बैंकिङ्ग प्रणालीबाट ३५ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

काठमाडौं - नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न बैंकिङ्ग प्रणालीबाट ३५ अर्ब रुपैयाँ खिच्ने भएको छ। केन्द्रीय बैंकले ‘६ महिने निक्षेप संकलन’ उपकरण मार्फत ३५ अर्ब रुपैयाँ तान्न लागेको हो। निक्षेप संकलन…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न बैंकिङ्ग प्रणालीबाट ३५ अर्ब रुपैयाँ खिच्ने भएको छ। केन्द्रीय बैंकले ‘६ महिने निक्षेप संकलन’ उपकरण मार्फत ३५ अर्ब रुपैयाँ तान्न लागेको हो।

निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। निक्षेप संकलनको बोलकबोल ब्याजदर वा बहुब्याजदरमा गर्नु पर्नेछ भने ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ।

बोलकबोल घटीमा १० करोड रुपैयाँ र बढीमा १० करोड रुपैयाँले निःशेष भाग जाने गरी ३५ अर्बसम्म गर्न सकिनेछ। यसको साँवा तथा ब्याज भुक्तानी मिति आउँदो फागुन ३ गते रहेको छ। निक्षेप संकलनको लागि आह्वान रकमलाई बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकतामा राखी आह्वान गरेको रकमसम्म बाँडफाँड गरिने केन्द्रीय बैंकले जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/