
काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.३४ अकंले घटेर २६२२.४८ बिन्दुमा कायम भएको छ । आज ३४७ कम्पनीको १ करोड ५० लाख ८० हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १ करोड ३७ लाख रुपैयाँको कारोबार भएको हो ।
यसदिन १२ वटा उपसूचक राताम्य भएका छन् । आज व्यापार समूहको शेयर मूल्यमा मात्रै सामान्य सुधार देखिएको हो ।मंगलबार ५७ कम्पनीको शेयर मूल्य बढेको छ भने २१७ कम्पनीको घटेको छ । ५ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।
आज कृषि विकास बैंकको ९ बर्षको बन्डको सर्वाधिक कारोबार भएको छ।
त्यस्तै, सोलु हाईड्रोपावर, खानी खोला, रिलायन्स स्पिङ्ग मिल्स, युनाईटेड मोदी, रिदि पावर, आँखु खोला, सेन्ट्रल फाइनान्स, सानीगढ हाईड्रोपावर र तमोर मिडिलको सर्वाधिक कारोबार भएको छ।
आज दुई कम्पनीको शेयर सर्किट लागेको छ । आज सर्वोत्तम पेन्ट्स र माउन्ट एभरेष्टको शेयरमा सकारात्मक सर्किट लागेको हो ।






Leave a Reply