Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

अर्थमन्त्री वाग्लेले राष्ट्र बैंकका उच्च अधिकारीसँग लिए अर्थतन्त्र सुधारका सुझाव

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधबार नेपाल राष्ट्र बैंकका विशिष्ट श्रेणीका कर्मचारी तथा कार्यकारी निर्देशकहरूसँग अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधबार अर्थतन्त्र र वित्तीय क्षेत्रको वर्तमान अवस्थाबारे विस्तृत छलफल गरेका छन्। भेटका क्रममा राष्ट्र…


विज्ञापनAdvertisement Banner
2 min read

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधबार नेपाल राष्ट्र बैंकका विशिष्ट श्रेणीका कर्मचारी तथा कार्यकारी निर्देशकहरूसँग अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधबार अर्थतन्त्र र वित्तीय क्षेत्रको वर्तमान अवस्थाबारे विस्तृत छलफल गरेका छन्।

भेटका क्रममा राष्ट्र बैंकका अधिकारीहरूले बैंकिङ क्षेत्रमा कर्जाको माग अपेक्षित रूपमा बढ्न नसक्नुको मुख्य कारण लगानीमैत्री वातावरणको अभाव रहेको धारणा राखेका छन्। उनीहरूले लगानीको वातावरण सुधार गर्न सके मात्र निजी क्षेत्रको उत्साह बढ्ने र कर्जाको माग पनि विस्तार हुने सुझाव दिएका छन्।

अर्थमन्त्री वाग्लेले अर्थतन्त्रमा देखिएका चुनौती, वित्तीय क्षेत्रका समस्या समाधानका लागि राष्ट्र बैंकका विभिन्न विभागले गरिरहेका काम तथा आगामी रणनीतिबारे जानकारी लिएका थिए। साथै, अर्थतन्त्रलाई चलायमान बनाउन आवश्यक नीतिगत सुधारका विषयमा समेत सुझाव मागेका थिए।

छलफलमा सहभागी एक कार्यकारी निर्देशकका अनुसार भेटमा राष्ट्र बैंकका वर्तमान गतिविधि, वित्तीय प्रणालीको अवस्था र समग्र अर्थतन्त्रका चुनौतीबारे विचार आदानप्रदान भएको थियो।

अर्थमन्त्री वाग्लेले बुधबार व्यक्तिगत रुपमा राष्ट्र बैंकका सबै १८ जना कार्यकारी निर्देशकलाई छलफलका लागि बोलाएका थिए। उक्त छलफलमा गभर्नर विश्व पौडेल र डेपुटी गभर्नर किरण पण्डित दुवै जना उपस्थित थिएनन।

यसअघि अर्थमन्त्री वाग्लेले उद्योगी–व्यवसायी, बैंकर तथा विभिन्न सरोकारवालासँग पनि परामर्श गरिसकेका छन्। मंगलबार उनले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल गरेका थिए भने बुधबार राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग संवादलाई निरन्तरता दिएका हुन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/