Saturday, August 15, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

नेप्सेमा सामान्य सुधार, कारोबार रकम पनि बढ्यो

काठमाडौं — नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार सामान्य सुधारसहित बन्द भएको छ। अघिल्लो कारोबार दिन ओरालो लागेको बजार यस दिन ४.७९ अंकले उकालो लाग्दै २,६६७.९७ विन्दुमा पुगेको हो। यस अवधिमा सेन्सेटिभ…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार सामान्य सुधारसहित बन्द भएको छ। अघिल्लो कारोबार दिन ओरालो लागेको बजार यस दिन ४.७९ अंकले उकालो लाग्दै २,६६७.९७ विन्दुमा पुगेको हो।

यस अवधिमा सेन्सेटिभ परिसूचक ०.६० अंकले घट्दा फ्लोट इन्डेक्स ०.०३ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.३० अंकले कमी आएको छ।

बजारमा कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा वृद्धि भएको छ। मंगलबार करिब ४ अर्ब ७ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बुधबार ३५० वटा स्टकका ६१ हजार २८६ कारोबारमार्फत ४ अर्ब ४० करोड ९८ लाख ८६ हजार रुपैयाँ बराबरका १ करोड ६७ हजार कित्ता शेयर किनबेच भएका छन्।

बुधबार सोलु हाइड्रोपावरको शेयर सकारात्मक सर्किटमा पुगेको छ। कम्पनीको शेयर मूल्य ८७ रुपैयाँ ७० पैसा बढेर अन्तिम कारोबारमा ६७२ रुपैयाँ ७० पैसा कायम भयो। अन्य बढेका कम्पनीहरूको मूल्य वृद्धि भने ६ प्रतिशतभन्दा कम सीमित रह्यो।

उता, लगातार १२ कारोबार दिनसम्म सकारात्मक सर्किटमा कारोबार भएको एभरेष्ट कलरको शेयरमा बुधबार उच्च गिरावट देखियो। कम्पनीको शेयर मूल्य ९.०३ प्रतिशतले घट्दै दिनकै सबैभन्दा धेरै घट्ने सूचीमा रह्यो।

कारोबार रकमका आधारमा पनि सोलु हाइड्रोपावर अग्रस्थानमा रह्यो, जहाँ करिब ५८ करोड १० लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो। त्यसपछि रिडी पावर कम्पनीको करिब ३५ करोड रुपैयाँ र खानीखोला हाइड्रोपावर कम्पनीको २७ करोड ५० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

उपसमूहगत प्रदर्शन हेर्दा १३ मध्ये ५ उपसमूह हरियालीमा रहे भने ८ उपसमूह घटेका छन्। व्यापार उपसमूह १.६० प्रतिशतले सबैभन्दा धेरै बढ्यो। जलविद्युत उपसमूहमा पनि करिब ४.५ प्रतिशतको उल्लेखनीय वृद्धि देखियो। साथै होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन तथा अन्य उपसमूहमा पनि सामान्य सुधार देखिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/