Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

नेप्सेमा हरियाली कायमै , कारोबार रकम ६ अर्ब २६ करोड रुपैयाँमाथि

काठमाडौं ,साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सुधार देखिएको छ। अघिल्लो कारोबार दिनको सकारात्मक लयलाई निरन्तरता दिँदै नेप्से ७.९० अंकले बढेर २,७३४.६३ विन्दुमा बन्द भएको हो। यस दिन…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं ,साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सुधार देखिएको छ। अघिल्लो कारोबार दिनको सकारात्मक लयलाई निरन्तरता दिँदै नेप्से ७.९० अंकले बढेर २,७३४.६३ विन्दुमा बन्द भएको हो।


यस दिन सेन्सेटिभ इन्डेक्स २.१६ अंकले उकालो लागेको छ। साथै, फ्लोट इन्डेक्स ०.८२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.८० अंकले वृद्धि भएको छ।
कारोबार रकममा पनि उल्लेखनीय सुधार देखिएको छ। ३५३ वटा कम्पनीका १ करोड ३७ लाख ६९ हजार कित्ता शेयर ७० हजार १५८ पटक किनबेच हुँदा कुल कारोबार रकम ६ अर्ब २६ करोड ७२ लाख २६ हजार रुपैयाँ पुगेको छ। अघिल्लो कारोबार दिन यो रकम ४ अर्ब ६९ करोड रुपैयाँ रहेको थियो।
शेयर मूल्यतर्फ एभरेष्ट कलर लिमिटेड लगातार दोस्रो दिन पनि सकारात्मक सर्किटमा कारोबार भयो। कम्पनीको शेयर मूल्य ८४ रुपैयाँ ९० पैसाले बढेर ६५१ रुपैयाँ १० पैसामा पुगेको छ। त्यसैगरी, आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर करिब १४.५ प्रतिशतले वृद्धि हुँदा सगरमाथा जलविद्युत कम्पनीको शेयर मूल्य झण्डै ७ प्रतिशतले उकालो लागेको छ। विपरीत रूपमा, १० प्रतिशत सानिमा बैंक लिमिटेड डिबेञ्चरको मूल्य ८.९२ प्रतिशतले घटेर सबैभन्दा धेरै गिरावट हुने सूचिमा परेको छ।
कारोबार रकमका आधारमा रिडी पावर कम्पनी अग्रस्थानमा रह्यो। कम्पनीको ३० करोड ९३ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। त्यसपछि एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको करिब २७ करोड ५० लाख रुपैयाँ र कुमारी बैंकको २५ करोड ५० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
उपसमूहगत प्रदर्शन हेर्दा १३ मध्ये ७ उपसमूह हरियालीमा रहे भने ६ उपसमूहमा गिरावट देखियो। बैंकिङ उपसमूह सबैभन्दा धेरै १.१७ प्रतिशतले बढ्यो। विकास बैंक, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, लघुवित्त र निर्जीवन बीमा उपसमूह पनि सामान्य सुधारसहित बन्द भए। यता, म्युचुअल फण्ड उपसमूहमा सबैभन्दा धेरै २.०८ प्रतिशतको गिरावट देखियो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/