Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

आर्थिक वर्षको पहिलो कारोबारमै नेप्सेमा ७९.७४ अंकको उछाल, सूचक २६७७.५४ विन्दुमा

काठमाडौं, आर्थिक वर्ष २०८३/८४ को पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उल्लेखनीय सुधार देखिएको छ। लगातार तीन कारोबार दिन सामान्य वृद्धि भएको बजारले शुक्रबार भने बलियो प्रदर्शन गर्दै ७९.७४ अंकले…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं, आर्थिक वर्ष २०८३/८४ को पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उल्लेखनीय सुधार देखिएको छ। लगातार तीन कारोबार दिन सामान्य वृद्धि भएको बजारले शुक्रबार भने बलियो प्रदर्शन गर्दै ७९.७४ अंकले उकालो लागेको हो।

यससँगै नेप्से परिसूचक २६७७.५४ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ११.५१ अंक, फ्लोट इण्डेक्स ५.४५ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ४.१३ अंकले वृद्धि भएका छन्।

सूचकमा उल्लेख्य सुधार आए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा सामान्य मात्रै बढेको छ। बिहीबार ४ अर्ब ५६ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा शुक्रबार ३३५ कम्पनीका १ करोड ३ लाख ८९ हजार कित्ता शेयर ५८ हजार ९४ पटक किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ५७ करोड ५० लाख ९४ हजार रुपैयाँ पुगेको छ।

शेयर मूल्यतर्फ श्रीनगर एग्रिटेक इण्डष्ट्रिजले सकारात्मक सर्किट कायम गर्दै सबैभन्दा धेरै वृद्धि गरेको छ। कम्पनीको शेयर मूल्य १२५ रुपैयाँ ७० पैसा बढेर ९६३ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको हो। त्यसैगरी सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको शेयर मूल्य करिब १५ प्रतिशत तथा शिखर पावर डेभलपमेन्टको शेयर मूल्य करिब १२.५ प्रतिशतले बढेको छ।

यता, आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य भने सबैभन्दा धेरै करिब १५ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनी अग्रस्थानमा रह्यो। कम्पनीको २२ करोड २३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। कर्पोरेट डेभलपमेन्ट बैंकको १७ करोड ५० लाख रुपैयाँभन्दा बढी तथा रिलायन्स स्पिनिङ्ग मिल्सको १५ करोड ५० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

उपसमूहगत प्रदर्शनमा १३ मध्ये १२ उपसमूह हरियालीमा रहे भने एक उपसमूह मात्रै घटेको छ। उत्पादन तथा प्रशोधन उपसमूह सबैभन्दा धेरै ४.६० प्रतिशतले बढ्दा लगानी र जलविद्युत उपसमूहमा ४ प्रतिशतभन्दा बढीको वृद्धि देखिएको छ। वित्त तथा होटल तथा पर्यटन उपसमूह पनि ३ प्रतिशतभन्दा बढीले उकालो लागेका छन्। म्युचुअल फण्ड उपसमूह भने सामान्य अंकले घटेर बन्द भएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/