Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

एभरेष्ट कलरको आईपीओ सूचीकृत, ओपनिङ रेञ्ज कति?

काठमाडौं । आज बिहीबार नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) र एभरेष्ट कलर लिमिटेडबीच प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल ३० लाख कित्ता शेयर सूचीकरण गर्ने सम्झौता भएको छ। कम्पनीले आईपीओ मार्फत सर्वसाधारणमा…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं । आज बिहीबार नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) र एभरेष्ट कलर लिमिटेडबीच प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल ३० लाख कित्ता शेयर सूचीकरण गर्ने सम्झौता भएको छ।

कम्पनीले आईपीओ मार्फत सर्वसाधारणमा वितरण गरिएको ७ लाख ९० हजार कित्ता (२६.३३ प्रतिशत) र कम्पनीका संस्थापक शेयरधनीहरूले लगानी गरेको २२ लाख १० हजार कित्ता (७३.६७ प्रतिशत) गरी जम्मा ३० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

अब कम्पनीको धितोपत्र दोस्रो बजारको कारोबार भोलि साउन १ गते शुक्रबारबाट कारोबार हुनेछ। प्रथम कारोबारका लागि नेप्सेले कम्पनीलाई न्यूनतम प्रतिकित्ता १०० रुपैयाँदेखि अधिकतम प्रतिकित्ता ३०० रुपैयाँसम्म ओपनिङ रेञ्ज तोकेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/