Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

मौद्रिक नीतिले पनि बढेन सेयर बजार , नेप्सेमा ३०.०९ अंकको पहिरो

काठमाडौं,  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार ३०.०९  अंकले घटेर २६२१.५९ विन्दुमा बन्द भएको छ। अघिल्लो कारोबार दिन बढेको बजार मौद्रिक नीति सार्वजनिक भएपछि लगानीकर्ताको अपेक्षाअनुसार सकारात्मक संकेत नपाउँदा दबाबमा परेको हो।…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं,  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार ३०.०९  अंकले घटेर २६२१.५९ विन्दुमा बन्द भएको छ। अघिल्लो कारोबार दिन बढेको बजार मौद्रिक नीति सार्वजनिक भएपछि लगानीकर्ताको अपेक्षाअनुसार सकारात्मक संकेत नपाउँदा दबाबमा परेको हो।
लगानीकर्ताले आगामी आर्थिक वर्षको मौद्रिक नीतिबाट केही थप लचिलो व्यवस्था र पूँजीबजारमैत्री नीति आउने अपेक्षा गरेका थिए। तर, अपेक्षाअनुसार परिवर्तन नदेखिएपछि बजारमा बिक्रीचाप बढेको देखिएको छ।
यस दिन सेन्सेटिभ इण्डेक्स ३.९३ अंक, फ्लोट इण्डेक्स २.०६ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स १.४२ अंकले घटेका छन्।
बजार घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। ३६२ वटा स्टकको ७७ हजार ६२७ पटकको कारोबारबाट ८४ लाख ६३ हजार कित्ता शेयर किनबेच हुँदा कुल ४ अर्ब ८२ करोड ६० लाख ८४ हजार रुपैयाँबराबरको कारोबार भएको छ। अघिल्लो दिन ४ अर्ब ४० करोड रुपैयाँबराबरको कारोबार भएको थियो।
कारोबार भएका अधिकांश कम्पनीको मूल्य घटेको छ। कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य सबैभन्दा धेरै १३.४१ प्रतिशतले घटेको छ। उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतभन्दा बढीले घट्दा सानिगाड हाइड्रोको शेयरमूल्य करिब ६.५ प्रतिशतले ओरालो लागेको छ।
कारोबार रकमका आधारमा ११ प्रतिशत केबिएल डिबेञ्चर २०८९ शीर्ष स्थानमा रह्यो। उक्त ऋणपत्रको ६२ करोड ३९ लाख रुपैयाँबराबरको कारोबार भएको छ। त्यसपछि ९.५ प्रतिशत एनसीसी डिबेञ्चर २०८६ को ४३ करोड रुपैयाँभन्दा बढी तथा ८.५ प्रतिशत सानिमा डिबेञ्चर २०८७ को करिब २२ करोड रुपैयाँबराबरको कारोबार भएको छ।
उपसमूहतर्फ १३ मध्ये केवल म्युचुअल फण्ड उपसमूह मात्रै सामान्य अंकले बढेको छ भने बाँकी १२ उपसमूह घटेका छन्। जलविद्युत उपसमूह सबैभन्दा धेरै १.७० प्रतिशतले घटेको छ। बैंकिङ, विकास बैंक, वित्त, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा तथा अन्य उपसमूहका सूचक पनि १ प्रतिशतभन्दा बढीले ओरालो लागेका छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/