spot_img
25 C
Kathmandu
spot_img
Homeबजारसेयर बजारनेप्सेमा २६.२९ अंकको गिरावट, यी कम्पनीको शेयर सर्वाधिक किनबेच

नेप्सेमा २६.२९ अंकको गिरावट, यी कम्पनीको शेयर सर्वाधिक किनबेच

काठमाडौं — साता कारोबारको पहिलो दिन सोमबार नेप्से २६.२९ अंकले घट्दा ३ अर्ब ५५ करोड ७९ लाख ८१ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। आज सूचीकृत ३५६ कम्पनीहरूको ७५ लाख ४० हजार ४१८ कित्ता शेयर किनबेच भएको हो।

यसदिन १३ वटै उपसूचक राताम्य भएका छन् । सोमबार वाणिज्य बैंक समूहको १.०६ प्रतिशत, विकास बैंकको ०.३० प्रतिशत र फाइनान्स समूहको १.२४ प्रतिशतले शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै शेयर कारोबार ८.५% नेपाल इन्भेष्टमेण्ट बैंक डिबेन्चर २०८४ को भएको छ भने दोस्रोमा सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेड, तेस्रोमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड र चौथोमा आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको भएको छ।

त्यसपछि ग्लोबल आइएमई बैंक लिमिटेड डिबेन्चर २०८६/८७, सिटी होटल लिमिटेड, शिवम् सिमेन्ट्स लिमिटेड, १०% एनआईएमबि डिबेन्चर २०९०, रिडी पावर कम्पनी लिमिटेड र अपी पावर कम्पनी लिमिटेडको शेयर सर्वाधिक खरीद बिक्री भएको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here