Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

सात दिनको गिरावट पछि नेप्सेमा हरियाली,नेप्से ४४.५९ अंकले बढेर २६५२.९३ विन्दुमा

काठमाडौं ,सात कारोबार दिनको लगातार गिरावटपछि बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक हरियालीमा फर्किएको छ। बजारमा सुधार देखिँदै नेप्से ४४.५९ अंकले बढेर २६५२.९३ विन्दुमा बन्द भएको हो। यससँगै सेन्सेटिभ इण्डेक्स ५.७७ अंक,…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं ,सात कारोबार दिनको लगातार गिरावटपछि बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक हरियालीमा फर्किएको छ। बजारमा सुधार देखिँदै नेप्से ४४.५९ अंकले बढेर २६५२.९३ विन्दुमा बन्द भएको हो। यससँगै सेन्सेटिभ इण्डेक्स ५.७७ अंक, फ्लोट इण्डेक्स २.८२ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स २.०४ अंकले वृद्धि भएको छ।
बजार परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार देखिएको छ। अघिल्लो कारोबार दिन ३ अर्ब २५ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार ३६२ स्टकका ५६ हजार ८५० कारोबारमार्फत ९५ लाख ४७ हजार कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम ३ अर्ब ८६ करोड ११ लाख ८३ हजार रुपैयाँ पुगेको छ।
बुधबारको कारोबारमा स्नो रिभर्सको शेयर सकारात्मक सर्किट लेभलमा पुगेको छ। कम्पनीको शेयरमूल्य ६८ रुपैयाँ १० पैसा बढेर प्रतिकित्ता ५२२ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको हो। त्यसैगरी, सिवाईसी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १४ प्रतिशतभन्दा बढी र भुजुङ्ग हाइड्रोपावरको शेयरमूल्य करिब १४ प्रतिशतले वृद्धि भएको छ। विपरीत, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य ५.२१ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा लक्ष्मी सनराइज बैंक अग्रस्थानमा रहेको छ। बैंकको २८ करोड ८४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। रिलायन्स स्पिनिङ्ग मिल्सको करिब १७ करोड ५० लाख रुपैयाँ, आँखु खोला जलविद्युत कम्पनीको १७ करोड रुपैयाँभन्दा बढी तथा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको १६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
यस दिन कारोबारमा सहभागी सबै १३ उपसमूहका परिसूचक उकालो लागेका छन्। व्यापार उपसमूह सर्वाधिक २.६० प्रतिशतले बढ्दा जलविद्युत, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहमा २ प्रतिशतभन्दा बढी वृद्धि भएको छ। बैंकिङ, विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, लघुवित्त तथा अन्य उपसमूह पनि १ प्रतिशतभन्दा बढीले उकालो लागेका छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/