spot_img
25 C
Kathmandu
spot_img
Homeबजारसेयर बजारप्राइम कमर्शियल बैंकको ऋणपत्र बिक्री खुला

प्राइम कमर्शियल बैंकको ऋणपत्र बिक्री खुला

काठमाडौं — प्राइम कमर्शियल बैंकले आजदेखि ऋणपत्र बिक्री खुला गरेको छ। बैंकले प्रति ऋणपत्र १,००० रूपैयाँ अंकित मूल्यमा ३० लाख कित्ताले हुन आउने ३ अर्ब रूपैयाँ बराबरको ऋणपत्र निष्काशन गरेको हो।

यो ऋणपत्र मध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने छ भने १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्काशन हुने छ। सर्वसाधरणको लागि छुट्टयाइएको १२ लाख कित्तामध्ये ५ प्रतिशत ऋणपत्र सामुहिक लगानी कोषका लागि छुट्टयाएको छ ।

यस ऋणपत्रमा छिटोमा असार १९ गतेसम्म र ढिलोमा असार ३० गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिँदा न्युनतम २५ कित्ता र अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने छ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई असार ३ गते अनुमति दिएको हो । वार्षिक ६।२५ प्रतिशत ब्याजदर रहेको यो ऋणपत्रको अवधि १० वर्षको नै रहेको छ ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here