काठमाडौं — साता कारोबारको पहिलो दिन सोमबार नेप्से १६ अंकले घट्दा २ अर्ब ६७ करोड १८ लाख ३२ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
आज ३५१ सूचीकृत कम्पनीहरूको ७६ लाख ९९ हजार २२७ कित्ता शेयर किनबेच भएको छ। आज ग्लोबल आइएमई बैंक, सोपान फर्मास्युटिकल्स, एनआरएन र रिलायन्स स्पिनिङ्ग मिल्सको शेयर सर्वाधिक कारोबार भएको छ।
त्यसपछि आँखुखोला जलविद्युत कम्पनी, सिटि होटल, अपि पावर कम्पनी, साहस ऊर्जा लिमिटेड, सेन्ट्रल फाइनान्स कम्पनी र एसवाई प्यानल नेपाल लिमिटेडको शेयर सर्वाधिक किनबेच भएको छ।
आज टक्सार पिखुवा खोला, याम्बालिङ्ग हाइड्रोपावर, स्नो रिभर्स र धौलागिरी लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ।
त्यसपछि ९% नेपाल एसबिआई बैंक ऋणपत्र २०८९ को ७.७६ प्रतिशत, १२% गुडविल फाइनान्स लिमिटेड डिबेन्चर २०८३ को २.७१ प्रतिशत, लक्ष्मी सनराइज बैंकको २.६४ प्रतिशत, नेपाल रिपब्लिक मिडियाको २.४९ प्रतिशत, सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम–२ को २.४४ प्रतिशत र सिटिजन्स म्युचुअल फण्ड २ को २.४३ प्रतिशतले शेयरभाउ बढेको छ।




