Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

प्रभु महालक्ष्मी लाइफको १५ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं — प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले १५ लाख १४ हजार ९०० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीकै विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो। उक्त शेयर…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले १५ लाख १४ हजार ९०० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीकै विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो।

उक्त शेयर खरीद गर्न चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले अबको ३५ दिनभित्र नेपाल बीमा प्राधिकरणले तोके बमोजिमको ‘फिट एण्ड प्रपर टेस्ट’ को मापदण्ड पूरा हुने आवश्यक कागजात सहित निवेदन दिनु पर्नेछ।

निवेदन काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा दिनु पर्नेछ। निर्धारित समयभित्र विद्यमान संस्थापक शेयण्रधनीहरूबाट शेयर खरीदका लागि निवेदन प्राप्त नभएमा प्रचलित कानून र नियमबमोजिम सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/