Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

नेप्से साताभर दबाबमा, बजार मूल्य ३७ अर्ब रुपैयाँले घट्यो

काठमाडौं — साताभरको शेयर बजार गतिविधि हेर्दा लगानीकर्ताको मनोबल केही कमजोर देखिएको छ। पाँच कारोबार दिन सञ्चालन भएको बजारमा सूचक समग्र रूपमा ओरालो लाग्दा कारोबारको आकार र बजार मूल्यसमेत खुम्चिएको हो ।…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — साताभरको शेयर बजार गतिविधि हेर्दा लगानीकर्ताको मनोबल केही कमजोर देखिएको छ। पाँच कारोबार दिन सञ्चालन भएको बजारमा सूचक समग्र रूपमा ओरालो लाग्दा कारोबारको आकार र बजार मूल्यसमेत खुम्चिएको हो ।

अघिल्लो साताको अन्तिम दिन २७२४.०३ अंकमा रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक यो साता २७०२.११ अंकमा झरेर रोकिएको छ। समग्रमा बजार करिब एक प्रतिशतको हाराहारीमा संकुचित भएको देखिन्छ। साताभर भएका कारोबारमध्ये दुई दिन बजार हरियो रहँदा तीन दिन भने बिक्री दबाब हाबी बनेको थियो।

मुख्य सूचकसँगै लगानीकर्ताको संवेदनशीलता मापन गर्ने सूचकहरू पनि कमजोर बनेका छन्। सेन्सेटिभ इण्डेक्स, फ्लोट इण्डेक्स तथा सेन्सेटिभ फ्लोट इण्डेक्स तीनवटै सूचकले साताभर नकारात्मक दिशा समातेका छन् ।

कारोबार रकमतर्फ पनि बजारले उत्साहजनक अवस्था देखाउन सकेन। अघिल्लो साताको तुलनामा दैनिक औसत कारोबार रकम उल्लेख्य रूपमा घटेको छ। यसअघि दैनिक औसत ४ अर्ब ६१ करोड रुपैयाँ बराबरको किनबेच हुने गरेको बजारमा यो साता दैनिक औसत कारोबार करिब ४ अर्ब ९ करोड रुपैयाँमा सीमित रह्यो। कारोबार रकमसँगै किनबेच भएका सेयरको संख्या र कुल कारोबार संख्या दुवैमा कमी आएको छ ।

बजारको कुल आकार मापन गर्ने बजार पूँजीकरणमा पनि गिरावट आएको छ। अघिल्लो साताको अन्त्यसम्म ४६ खर्ब ५४ अर्ब रुपैयाँ बराबर रहेको कुल बजार मूल्य यो साता घटेर ४६ खर्ब १७ अर्ब रुपैयाँमा झरेको छ। एक सातामै करिब ३७ अर्ब रुपैयाँ बराबरको बजार मूल्य क्षयीकरण भएको तथ्यांकले देखाउँछ।

क्षेत्रगत प्रदर्शनतर्फ हेर्दा अधिकांश उपसमूह दबाबमा परेका छन्। कारोबारमा सहभागी १३ वटा उपसमूहमध्ये केवल उत्पादन तथा प्रशोधन क्षेत्रले मात्रै सकारात्मक नतिजा देखायो। उक्त समूहको सूचक उकालो लाग्दै ११ हजार अंकमाथि पुगेको छ। अन्य सबै उपसमूह भने घटेका छन्।

सबैभन्दा बढी दबाब ‘अन्य’ समूहमा देखिएको छ। प्रतिशतका आधारमा यो समूहले सबैभन्दा ठूलो गिरावट बेहोरेको छ। त्यस्तै, अंकगत हिसाबले निर्जीवन बीमा समूहमा सबैभन्दा धेरै क्षति देखिएको छ। उक्त समूहको सूचकमा उल्लेख्य गिरावट आएपछि समग्र बजारलाई समेत नकारात्मक प्रभाव परेको विश्लेषण गरिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/