Saturday, August 15, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

साताको अन्तिम कारोबारमा नेप्से सामान्य अंकले घट्यो, कारोबार रकममा सुधार

काठमाडौं ,साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन बिहीबार सामान्य वृद्धि देखिएको बजारले शुक्रबार भने सो लय कायम राख्न सकेन।…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं ,साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन बिहीबार सामान्य वृद्धि देखिएको बजारले शुक्रबार भने सो लय कायम राख्न सकेन।

शुक्रबार नेप्से परिसूचक ४.०० अंकले घटेर २७२४.०३ विन्दुमा बन्द भएको छ। यससँगै सेन्सेटिभ इण्डेक्स ०.५३ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.३० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२३ अंकले ओरालो लागेको छ।

यद्यपि, बजार परिसूचकमा गिरावट आए पनि कारोबार रकममा भने वृद्धि देखिएको छ। बिहीबार ३ अर्ब ९० करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा शुक्रबार ३४२ वटा स्टकको ५४ हजार १७७ पटकको कारोबारमार्फत ४ अर्ब ३४ करोड १० लाख ९४ हजार रुपैयाँ बराबरको ९८ लाख ५६ हजार कित्ता शेयर किनबेच भएको छ।

यस दिन दुई कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा पुगेको छ। सोपान फर्मास्यूटिकल्स र एपोलो हाइड्रोपावरको शेयर मूल्यमा उच्च वृद्धि भई सकारात्मक सर्किट लागेको हो। साथै, ग्रीन डेभलपमेन्ट बैंकको शेयर मूल्य करिब १३.५ प्रतिशतले बढेको छ।

अर्कोतर्फ, कालिञ्चोक हाइड्रोपावरको शेयर मूल्य सर्वाधिक १०.६६ प्रतिशतले घट्दै दिनको सबैभन्दा बढी गुमाउने कम्पनी बनेको छ।

कारोबार रकमका आधारमा सेन्ट्रल फाइनान्स अग्रस्थानमा रहेको छ। कम्पनीको २५ करोड ५३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसपछि सिटि होटलको करिब २५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ भने आँखु खोला जलविद्युत कम्पनीको कारोबार रकम २२ करोड ५० लाख रुपैयाँभन्दा बढी पुगेको छ।

उपसमूहगत प्रदर्शनतर्फ, कारोबारमा सहभागी १३ उपसमूहमध्ये ४ उपसमूहका परिसूचक बढेका छन् भने ९ उपसमूहका परिसूचक घटेका छन्। म्युचुअल फण्ड, निर्जीवन बीमा, अन्य तथा व्यापार उपसमूहमा सामान्य सुधार देखिएको छ। घटेका उपसमूहहरूको गिरावटदर भने ०.५० प्रतिशतभन्दा कम रहेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/