spot_img
26.7 C
Kathmandu
spot_img
Homeबजारसेयर बजारसर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज आइपीओ बिक्रि खुल्ला, असार २ गतेसम्म आवेदन दिन पाईने

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज आइपीओ बिक्रि खुल्ला, असार २ गतेसम्म आवेदन दिन पाईने

काठमाडौं — सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले आज देखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ।

कम्पनीले सर्वसाधारणलाई ७ लाख ५ हजार ५ सय कित्ता शेयर निष्काशन गरेको छ।

यस निष्काशनमा असार २ गतेसम्म आवेदन दिन सकिने छ। आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम ५ हजार कित्ताको लागि आवेदन दिन सकिने छ। शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

कम्पनीले यस अघि नै वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गरि बाँडफाँड गरिसकेको छ। नेपाल धितोपत्र बोर्डले वैशाख २ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो ।

कम्पनीले विभिन्न प्राइमर तथा रङ्गहरु उत्पादन गरि बिक्री वितरण गर्दै आएको छ। कम्पनीका अध्यक्ष शिव सिंह कार्की हुन् भने अन्य संचालकमा लक्ष्मीई दत्त पाण्डेय , नविन प्रसाद भट्ट र कमलेश पाण्डेय रहेका छन्।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here