spot_img
26.2 C
Kathmandu
spot_img
Homeबजारसेयर बजारडिम्याट खातामा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य, असार १ देखि नयाँ व्यवस्था लागू

डिम्याट खातामा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य, असार १ देखि नयाँ व्यवस्था लागू

काठमाडौं — नेपाली शेयर बजारमा नयाँ डिम्याट (हितग्राही) खाता खोल्न तथा हाल सञ्चालनमा रहेका खाताहरूको विवरण अद्यावधिक गर्दा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य रूपमा समावेश गर्नुपर्ने भएको छ।

सिडिएससीले सम्पूर्ण निक्षेप सदस्य (डीपी) हरूलाई पत्राचार गर्दै आगामी २०८३ असार १ गतेदेखि लागू हुने गरी नयाँ व्यवस्था अनिवार्य गरिएको जानकारी दिएको हो। सिडिएससीको गत जेठ १३ गतेको निर्णयअनुसार उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन लागिएको जनाएको छ।

यसअघि सिडिएससीले २०८२ फागुन १९ गते निक्षेप सदस्यहरूलाई पत्राचार गर्दै ब्याक अफिस प्रणाली प्रयोग गर्ने संस्थाहरूलाई हितग्राहीको विवरणमा राष्ट्रिय परिचयपत्र नम्बर समावेश हुने व्यवस्था मिलाउन प्रणाली विकास गर्न निर्देशन दिएको थियो। सोही तयारीलाई पूर्णता दिँदै अब नयाँ खाता खोल्ने तथा पुराना खाताको विवरण अद्यावधिक गर्ने क्रममा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य रूपमा राख्नुपर्ने व्यवस्था लागू गर्न लागिएको हो।

सिडिएससीका वरिष्ठ आइटी अधिकृत किशोर प्रसाद भट्टद्वारा जारी सूचनामा सबै निक्षेप सदस्यहरूलाई नयाँ डिम्याट खाता खोल्दा वा विद्यमान खाताको विवरण अद्यावधिक गर्दा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य रूपमा समावेश गराउन निर्देशन दिइएको छ। उक्त निर्णयबारे नियामक निकाय धितोपत्र बोर्ड (सेबोन) लाई समेत बोधार्थ जानकारी गराइएको छ।

नयाँ व्यवस्था लागू भएसँगै अब शेयर कारोबारका लागि डिम्याट खाता सञ्चालन गर्ने लगानीकर्ताहरूले आफ्नो राष्ट्रिय परिचयपत्र नम्बर डिम्याट खातासँग आबद्ध गर्नुपर्नेछ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here