Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

११.३७ अंकले घट्यो नेप्से

काठमाडौं,साताको अन्तिम कारोबार दिन शेयर बजारमा दबाब देखिँदा नेप्से परिसूचक लगातार दोस्रो दिन पनि ओरालो लागेको छ। अघिल्लो कारोबार दिनको गिरावटलाई निरन्तरता दिँदै शुक्रबार नेप्से ११.३७ अंकले घटेर २७५५.४१ विन्दुमा बन्द भएको…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं,साताको अन्तिम कारोबार दिन शेयर बजारमा दबाब देखिँदा नेप्से परिसूचक लगातार दोस्रो दिन पनि ओरालो लागेको छ। अघिल्लो कारोबार दिनको गिरावटलाई निरन्तरता दिँदै शुक्रबार नेप्से ११.३७ अंकले घटेर २७५५.४१ विन्दुमा बन्द भएको हो। यससँगै सेन्सेटिभ इण्डेक्स १.७७ अंक, फ्लोट इण्डेक्स ०.७१ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६२ अंकले घटेको छ।

यद्यपि, बजार परिसूचक घटे पनि कारोबार रकममा उल्लेख्य सुधार देखिएको छ। बिहीबारको तुलनामा कारोबार रकम बढेर शुक्रबार ३५१ वटा कम्पनीको ५५ हजार ४६७ पटकको कारोबारबाट कुल ५ अर्ब ६२ करोड ५६ लाख ११ हजार रुपैयाँ बराबरको १ करोड २७ लाख ३२ हजार कित्ता शेयर किनबेच भएको छ।

यस दिन पनि कालिञ्चोक हाइड्रोपावरको शेयरमा उच्च आकर्षण देखिएको छ। कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार हुँदै ९८ रुपैयाँ ८० पैसा बढेर ७५७ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, उपकार लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले उकालो लागेको छ। बजारमा घट्ने कम्पनीहरूको गिरावटदर भने साढे ४ प्रतिशतभन्दा कम सीमित रहेको देखिएको छ।

कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत कम्पनी अग्रस्थानमा रह्यो। कम्पनीको ५५ करोड ६९ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। त्यस्तै, सिटी होटलको १९ करोड ५० लाख रुपैयाँभन्दा बढीको कारोबार हुँदा १०.२५ प्रतिशत एनबिबिएल डिबेञ्चर २०८५ को कारोबार रकम १८ करोड रुपैयाँ नाघेको छ।

उपसमूहगत प्रदर्शनतर्फ हेर्दा १३ मध्ये ४ उपसमूह हरियो रहँदा ९ उपसमूहमा गिरावट आएको छ। वित्त उपसमूह सबैभन्दा बढी २.७७ प्रतिशतले बढेको छ। साथै होटल तथा पर्यटन, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहले पनि सामान्य वृद्धि दर्ता गरेका छन्। अन्य अधिकांश उपसमूहमा भने बिक्री दबाब देखिएको छ।

बजार परिसूचक घटे पनि कारोबार रकम बढ्नुले लगानीकर्ताको सक्रियता कायम रहेको संकेत गरेको विश्लेषकहरू बताउँछन्। आगामी कारोबार दिनहरूमा बजारले कुन दिशा लिन्छ भन्ने विषयमा लगानीकर्ताको चासो केन्द्रित बनेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/