spot_img
26.1 C
Kathmandu
spot_img
Homeबजारसेयर बजारशेयर बजारले गरेन अर्थमन्त्रीमाथि विश्वास,नेप्सेमा २६.७२ अकंको गिरावट

शेयर बजारले गरेन अर्थमन्त्रीमाथि विश्वास,नेप्सेमा २६.७२ अकंको गिरावट

काठमाडौं — अर्थशास्त्री रहेका अर्थमन्त्री स्वर्णिम वाग्लेलाई शेयर बजारले पत्ताउन सकेको छैन । उनी अर्थमन्त्रीमा नियुक्त भएयता पूँजी बजार सुस्त गतिमा अघि बढिरहेको छ भने लगानीकर्ताको मनोबल निरन्तर कमजोर बन्दै गएको छ । यसको प्रत्यक्ष प्रभाव स्वरूप बजार निरन्तर राताम्य (घट्दो) यात्रामा देखिएको छ ।

नयाँ आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक भए पनि त्यसले शेयर बजारलाई उत्साहित बनाउन सकेन । बजेटपछि पनि बजारमा सकारात्मक लय नदेखिँदा लगानीकर्ताको निराशा झनै बढेको छ । विशेषगरी नीति घोषणापछि अपेक्षित उछाल नआउँदा बजारको समग्र वातावरण दबाबमै रहेको विश्लेषण गरिएको छ ।

बजेटमार्फत सूचीकृत कम्पनीका धितोपत्र बिक्री गर्दा लाग्दै आएको पुँजीगत लाभकर सम्बन्धी अन्तिम निर्णयले सुरुवाती चरणमा लगानीकर्तालाई केही राहत दिएको थियो । तर, करको सीमा बढेसँगै त्यसपछि देखिएको अस्पष्टताका कारण बजारमा पुनः अनिश्चितता बढेको छ । यसले लगानीकर्तामा निराशा थप्दै बिक्रीतर्फको चाप बढाएको देखिन्छ । साउनदेखि नयाँ कर नीति लागू हुने डरका कारण शेयर लगानीकर्ता बिक्रीतर्फ बढी सक्रिय भएका छन् । सम्भावित कर नीतिको असरलाई मध्यनजर गर्दै लगानीकर्ता सुरक्षित निकास खोजिरहेका छन्, जसले बजारमा आपूर्ति बढाएर मूल्यमा थप दबाब सिर्जना गरेको छ ।

बजेटमा पूँजी बजारलाई मर्यादित र लगानीमैत्री बनाउन नियामक निकायको क्षमता अभिवृद्धि गर्ने, प्रविधिमैत्री कारोबार प्रणाली विकास गर्ने तथा लगानीकर्ता संरक्षण संयन्त्र सुदृढ बनाउने जस्ता व्यवस्था उल्लेख गरिएको छ । साथै नेपाल स्टक एक्सचेन्जको पुनःसंरचना अघि बढाई इन्ट्राडे, सर्ट सेलिङ र डेरिभेटिभ जस्ता उपकरण चरणबद्ध रूपमा सुरु गर्ने योजना पनि समेटिएको छ ।

त्यस्तै शेयर कर्नरिङ, इन्साइडर ट्रेडिङ जस्ता अवाञ्छित गतिविधिविरुद्ध शून्य सहनशीलताको नीति अपनाउने, विदेशी धितोपत्र बजारमा सूचीकृत हुन ग्लोबल डिपोजिटरी रिसिटजारी गर्ने व्यवस्था मिलाउने तथा गैरआवासीय नेपालीलाई दोस्रो बजारमा सहभागी गराउने कानुनी सुधारको प्रस्ताव पनि बजेटमा समेटिएको छ । तर यी दीर्घकालीन सुधारका योजनाहरूले तत्काल बजारमा विश्वास जगाउन सकेको छैन ।

बजार निरन्तर ओरालो लाग्दै जाँदा लगानीकर्ताको करोडौं रुपैयाँको लगानी प्रभावित भएको छ । धेरैले आफ्नो लगानी ‘बालुवामा पानी’ जस्तै भएको अनुभव गरिरहेका छन् । नयाँ सरकारप्रति बढ्दो संशयका बीच आगामी बजेटलाई पनि लगानीकर्ताले अझै पूर्ण विश्वासका साथ स्वागत गर्न नसकेको अवस्था देखिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.७२ अकंले घटेर २७५५.३७ बिन्दुमा कायम भएको छ । आज ३४९ कम्पनीको १ करोड ३३ लाख ८३ हजार कित्ता शेयर किनबेच हुँदाअ ५ अर्ब ६१ करोड ४३ लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन ११ उपसूचक राताम्य भएका छन् । आज निर्जीवन बीमा समूहको १.३७ प्रतिशत र अन्य समूह अन्तर्गतको ३.३६ प्रतिशतले मात्रै शेयर मूल्य बढेको हो ।

सोमबार ३५ कम्पनीको शेयर मूल्य बढेको छ भने २३३ कम्पनीको घटेको छ । २ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here