Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बभन्दा बढीको बजेट सार्वजनिक

काठमाडौं — सरकारले आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्मा बजेट प्रस्तुत गर्दै चालू खर्च, पूँजीगत खर्च तथा…


विज्ञापनAdvertisement Banner
2 min read
काठमाडौं — सरकारले आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्मा बजेट प्रस्तुत गर्दै चालू खर्च, पूँजीगत खर्च तथा वित्तीय व्यवस्थापनलाई प्राथमिकतामा राखिएको बताएका छन्।

सार्वजनिक बजेटअनुसार चालूतर्फ १२ खर्ब ७९ अर्ब ५८ करोड रुपैयाँ विनियोजन गरिएको छ, जुन कुल बजेटको ५९.८ प्रतिशत हो। त्यसैगरी, पूँजीगततर्फ ४ खर्ब ३१ अर्ब १० करोड रुपैयाँ छुट्याइएको छ भने वित्तीय व्यवस्थापनका लागि ४ खर्ब २२ अर्ब ६४ करोड रुपैयाँ विनियोजन गरिएको छ। सरकारले यो खर्च अनुमान चालू आर्थिक वर्षको संशोधित अनुमानभन्दा करिब २५ प्रतिशत बढी रहेको जनाएको छ।

स्रोत व्यवस्थापनतर्फ सरकारले राजश्वमार्फत १४ खर्ब ५ अर्ब ३१ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ। साथै, वैदेशिक अनुदानबाट ६१ अर्ब ७४ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

यद्यपि कुल स्रोत व्यवस्थापनपछि ६ खर्ब ५७ अर्ब २९ करोड रुपैयाँ बराबरको स्रोत अभाव रहने देखिएको छ। उक्त अभाव पूर्ति गर्न सरकारले २ खर्ब ४७ अर्ब २८ करोड रुपैयाँ वैदेशिक ऋणमार्फत जुटाउने योजना बनाएको छ।

त्यसैगरी, बाँकी ४ खर्ब १० अर्ब रुपैयाँ आन्तरिक ऋणबाट व्यवस्थापन गरिनेछ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/