Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

नेप्सेमा ९.२४ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (NEPSE) परिसूचक घटेर बन्द भएको छ। सूचक ९.२४ अंकले घट्दै २७७७.१० विन्दुमा सीमित भएको छ। बजारसँगै अन्य सूचकहरूमा पनि गिरावट देखिएको छ। सेन्सेटिभ…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (NEPSE) परिसूचक घटेर बन्द भएको छ। सूचक ९.२४ अंकले घट्दै २७७७.१० विन्दुमा सीमित भएको छ। बजारसँगै अन्य सूचकहरूमा पनि गिरावट देखिएको छ। सेन्सेटिभ इन्डेक्स १.४५ अंकले घट्दा फ्लोट इन्डेक्स ०.६९ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.५१ अंकले कमजोर बनेका छन्।

कारोबार रकमतर्फ पनि बजारले साथ पाएन। अघिल्लो दिन ५ अर्ब ९८ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार घटेर ४ अर्ब ८५ करोड ४४ लाख रुपैयाँमा सीमित भएको छ। यस दिन ३४२ वटा कम्पनीका ५२ हजार ७५१ पटकका कारोबारमार्फत १ करोड १८ लाखभन्दा बढी कित्ता शेयर किनबेच भएको छ।

यद्यपि केही कम्पनीका शेयरमा भने आकर्षण देखिएको छ। कालिञ्चोक हाइड्रोपावर को शेयर मूल्य सबैभन्दा बढी ९.२३ प्रतिशतले बढेको छ। हालै सूचीकृत भएको यो कम्पनीको शेयर दोस्रो बजारमा सक्रिय देखिएको हो। त्यसैगरी कुथेली बुखरी स्मल हाइड्रोपावरत्रिशुली जलविद्युत कम्पनी को शेयर मूल्य पनि करिब ६ प्रतिशतले बढेको छ।

कारोबार रकमका आधारमा भने आँखुखोला जलविद्युत कम्पनी अग्रस्थानमा रहेको छ। सो कम्पनीको करिब ४६ करोड ७२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। त्यसैगरी रिडी पावर कम्पनी को १६ करोडभन्दा बढी र साहस उर्जा को १४ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ।

उपसमूहगत प्रदर्शन हेर्दा १३ मध्ये केवल दुई उपसमूह हरियालीमा देखिएका छन्। म्युचुअल फण्ड र निर्जीवन बीमा समूहमा सामान्य वृद्धि भए पनि बाँकी ११ उपसमूहमा गिरावट देखिएको छ। समग्रमा बजारमा सुधारको गति रोकिने संकेत देखिँदै लगानीकर्तामा सतर्कता बढेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/