spot_img
18.1 C
Kathmandu
spot_img
Homeबजारसेयर बजारमिथिला लघुवित्तको संस्थापक शेयर बिक्रीमा

मिथिला लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं — मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको ८ हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने प्रक्रिया अघि बढाएको छ।

उक्त शेयर न्यूनतम प्रतिकित्ता ६०० रुपैयाँ मूल्यमा बिक्री गर्न लागिएको हो। नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन, २०८२ अनुसार संस्थापक शेयर बिक्री गर्दा हाल कायम संस्थापक शेयरधनीलाई नै पहिलो प्राथमिकता दिनुपर्ने व्यवस्था रहेकाले कम्पनीले इच्छुक संस्थापक शेयरधनीलाई आवेदन दिन आग्रह गरेको छ।

इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मिति (जेठ ११ गते) ले ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको केन्द्रीय कार्यालय ढल्केवर–६, धनुषामा निवेदन दिनुपर्नेछ । निवेदनमा आफूले किन्न चाहेको शेयर संख्या र सोको मूल्य समेत स्पष्ट खुलाउनुपर्ने कम्पनीले जनाएको छ।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीबाट आवेदन नपरेमा प्रचलित कानुनअनुसार सर्वसाधारणलाई उक्त शेयर बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here