Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

बन्द हेटौँडा कपडा उद्योग ब्युँताउने सरकारको तयारी, बजेटमा रकम छुट्याइने

लामो समयदेखि ठप्प रहेको हेटौँडा कपडा उद्योगलाई सरकारले पुनः सञ्चालनमा ल्याउने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले यस उद्योगलाई पुनः जगाउन आवश्यक आन्तरिक तयारी र गृहकार्य तीव्र पारिएको जानकारी दिनुभएको…


विज्ञापनAdvertisement Banner
2 min read

लामो समयदेखि ठप्प रहेको हेटौँडा कपडा उद्योगलाई सरकारले पुनः सञ्चालनमा ल्याउने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले यस उद्योगलाई पुनः जगाउन आवश्यक आन्तरिक तयारी र गृहकार्य तीव्र पारिएको जानकारी दिनुभएको छ।
हेटौँडा औद्योगिक क्षेत्रको स्थलगत निरीक्षणका क्रममा मन्त्री यादवले रुग्ण अवस्थामा रहेका उद्योगहरू चल्दा देशको अर्थतन्त्र बलियो हुने र नयाँ रोजगारीका अवसरहरू थपिने विश्वास व्यक्त गर्नुभयो। देशको आर्थिक समृद्धि र रोजगारी वृद्धि गर्नका लागि बन्द उद्योगहरू सञ्चालन गर्ने नीति सरकारले लिएको उहाँको भनाइ थियो। यसै सन्दर्भमा आगामी आर्थिक वर्षको बजेटमा हेटौँडा कपडा उद्योगका लागि आवश्यक रकम विनियोजन गर्ने प्रतिबद्धतासमेत मन्त्री यादवले जनाउनुभयो।
निरीक्षणका क्रममा मन्त्री यादवले उद्योगको वर्तमान अवस्थाबारे जानकारी लिनुभएको थियो। हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयकी प्रमुख संगिता कुँवरले औद्योगिक क्षेत्रभित्र सञ्चालनमा रहेका उद्योगहरूको समग्र वस्तुस्थितिबारे मन्त्रीलाई अवगत गराउनुभएको थियो।
सन् १९६३ (विसं २०२० मङ्सिर २० गते) अमेरिकी सरकारको आर्थिक सहयोगमा स्थापना भएको यस औद्योगिक क्षेत्र कुल ३,२२८ रोपनी क्षेत्रफलमा फैलिएको छ। हाल यस क्षेत्रभित्र १४७ वटा उद्योग तथा व्यावसायिक प्रतिष्ठानहरू रहेका छन्। यस औद्योगिक क्षेत्रमा विशेषगरी खाद्य उद्योग, युनाइटेड ब्रुअरी, गोर्खा ब्रुअरी, एसियन पेन्ट्स, कार्टुन तथा पशु आहारा दाना उद्योग जस्ता ठूला उद्योगहरू मुख्य रूपमा सञ्चालनमा छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/