Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

नेप्से १६.३८ अङ्कले उकालो, कारोबार ४ अर्ब ४९ करोड नाघ्यो

 काठमाडौँ ।  नेप्से परिसूचक १६.३८ अङ्कले बढ्दै २७५८.४९ विन्दुमा पुगेर बन्द भएको छ। पछिल्ला केही दिनको उतारचढावपछि आज बजारमा लगानीकर्ताको आत्मविश्वास केही मजबुत देखिएको विश्लेषण गरिएको छ। आज कुल ३३६ कम्पनीका करिब…


विज्ञापनAdvertisement Banner
2 min read

 काठमाडौँ ।  नेप्से परिसूचक १६.३८ अङ्कले बढ्दै २७५८.४९ विन्दुमा पुगेर बन्द भएको छ। पछिल्ला केही दिनको उतारचढावपछि आज बजारमा लगानीकर्ताको आत्मविश्वास केही मजबुत देखिएको विश्लेषण गरिएको छ।

आज कुल ३३६ कम्पनीका करिब १ करोड ८ लाख कित्ता सेयर किनबेच भएका छन्। कारोबार रकम पनि उल्लेखनीय रूपमा बढ्दै ४ अर्ब ४८ करोड रुपैयाँ नाघेको छ, जसले बजारमा सक्रियता बढेको संकेत दिएको छ।

बजारको समग्र अवस्थालाई हेर्दा आज २०२ कम्पनीको सेयर मूल्य बढेको छ भने ५९ कम्पनी घटेका छन्। ७ कम्पनीको मूल्य भने स्थिर रहेको छ। समूहगत सूचकतर्फ अधिकांश क्षेत्रमा हरियाली देखिएको छ। विशेषगरी जलविद्युत् (हाइड्रो) समूह १.२९ प्रतिशतले बढ्दै अग्रस्थानमा रह्यो। भने ट्रेडिङ समूह मात्र ०.४२ प्रतिशतले घट्दै रातो देखिएको छ।

आजका सर्वाधिक कमाउने कम्पनीहरूमा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स अग्रस्थानमा रह्यो, जसको सेयर मूल्य १४.८१ प्रतिशतले बढेको छ। त्यस्तै मैलुङ इनर्जी ९.६४ प्रतिशत र आँखुखोला जलविद्युत् ६.९३ प्रतिशतले वृद्धि भएको छ।

कारोबार रकमका आधारमा भने आँखुखोला जलविद्युत् शीर्ष स्थानमा रह्यो। यस कम्पनीको मात्रै ४३ करोड ६५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। त्यस्तै रिडी हाइड्रोपावरनेसनल हाइड्रो पनि उच्च कारोबार गर्ने सूचीमा परेका छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/