Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

कालंगा हाइड्रोको आईपीओ सर्वसाधारणका लागि खुला

काठमाडौं — कालंगा हाइड्रो लिमिटेडले आज जेठ ८ गतेदेखि जेठ १३ गतेसम्मका लागि सर्वसाधारणमा आईपीओ जारी गरेको छ। यसअघि आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ जारी गरिसकेको कम्पनीले अब सर्वसाधारणमा…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — कालंगा हाइड्रो लिमिटेडले आज जेठ ८ गतेदेखि जेठ १३ गतेसम्मका लागि सर्वसाधारणमा आईपीओ जारी गरेको छ। यसअघि आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ जारी गरिसकेको कम्पनीले अब सर्वसाधारणमा जारी गरेको हो।

कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ४० करोडको ३५ प्रतिशत अर्थात ४९ करोड बराबर प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ४९ लाख कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो। जसमध्ये आयोजना प्रभावितलाई १४ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ३ लाख ५० हजार कित्ता बाँडफाँड गरिसकेको छ।

कम्पनीले बाँकी शेयरमध्ये सामूहिक लगानी कोषलाई १ लाख ७५ हजार कित्ता र कम्पनीमा कार्यरत कर्मचारीहरूलाई १ लाख ५ हजार कित्ता सुरक्षित गरी बाँकी रहने २८ लाख ७० हजार कित्ता आईपीओ सर्वसाधारणमा निष्काशन गरेको हो।

यसमा आवेदन दिंदा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म माग गर्न सकिनेछ। यदि जेठ १३ गतेसम्म मागभन्दा कम मात्रामा आवेदन परेको खण्डमा भने आवेदन अवधि जेठ २२ गतेसम्म लम्बिन सक्नेछ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/