Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि चार जना सर्टलिस्टमा

काठमाडौं — नेपाल धितोपत्र बोर्ड (सेबोन) को नयाँ अध्यक्ष नियुक्तिका लागि गठित अध्यक्ष छनोट सिफारिस समितिले ४७ आवेदकमध्येबाट चार जनाको नाम सर्टलिस्ट गरेको छ। समितिले २०८३ वैशाख १५ गते इच्छुक व्यक्तिहरूसँग व्यक्तिगत…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — नेपाल धितोपत्र बोर्ड (सेबोन) को नयाँ अध्यक्ष नियुक्तिका लागि गठित अध्यक्ष छनोट सिफारिस समितिले ४७ आवेदकमध्येबाट चार जनाको नाम सर्टलिस्ट गरेको छ।

समितिले २०८३ वैशाख १५ गते इच्छुक व्यक्तिहरूसँग व्यक्तिगत विवरण माग गरेको थियो। तोकिएको समयभित्र प्राप्त ४७ आवेदनको मूल्याङ्कनपछि डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्द कुमार क्षेत्री र डा. गोपाल प्रसाद भट्टलाई संक्षिप्त सूचीमा समावेश गरिएको हो।

सर्टलिस्टमा परेका चार उम्मेदवारमध्ये दुई जना नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन् भने दुई जना नेपाल धितोपत्र बोर्डका पूर्व कार्यकारी निर्देशक रहेका छन्। डा. गोपाल प्रसाद भट्ट र मुकुन्द कुमार क्षेत्री राष्ट्र बैंक पृष्ठभूमिका उम्मेदवार हुन्।

समितिले सर्टलिस्टमा परेका चारै जनालाई आगामी शुक्रबार, २०८३ वैशाख ८ गते अर्थ मन्त्रालयमा छलफलका लागि बोलाएको जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/