काठमाडौं — नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड ले संस्थापक समूहअन्तर्गतको ४४ हजार ६२३ कित्ता शेयर बिक्रीमा राखेको छ। कम्पनीका अनुसार उक्त शेयर संस्थापक शेयरधनी बिनोद कुमार अग्रवालको स्वामित्वमा रहेको हो।
कम्पनीले जारी गरेको सूचनाअनुसार शेयर खरिदका लागि पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीलाई दिइएको छ। इच्छुक संस्थापक शेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कम्पनीको कर्पोरेट कार्यालय लोकन्थली, भक्तपुरमा निवेदन पेश गर्नुपर्नेछ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीबाट कुनै आवेदन नपरेमा प्रचलित कानुनअनुसार सर्वसाधारणमा शेयर बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ।




