Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

जहाज खरिद गर्न लिएको ऋण ५५ अर्ब पुग्यो

काठमाडौं — नेपाल वायु सेवा निगम ले जहाज खरिदका लागि लिएको ऋणको सावाँ तथा ब्याज रकम ५५ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ। महालेखापरीक्षकको ६३औँ वार्षिक प्रतिवेदनअनुसार निगमले कर्मचारी सञ्चय कोष र नागरिक…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — नेपाल वायु सेवा निगम ले जहाज खरिदका लागि लिएको ऋणको सावाँ तथा ब्याज रकम ५५ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ। महालेखापरीक्षकको ६३औँ वार्षिक प्रतिवेदनअनुसार निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग लिएको ऋणको कुल दायित्व ५५ अर्ब ४ करोड ७८ लाख रुपैयाँ पुगेको उल्लेख गरिएको छ।

प्रतिवेदनअनुसार निगमले ए–३२० र ए–३३० जहाज खरिदका लागि सरकारको जमानीमा २०७० असार ४ गते तथा २०७४ जेठ २८ गते ऋण सम्झौता गरेको थियो। यसक्रममा कर्मचारी सञ्चय कोषबाट २२ अर्ब रुपैयाँ र नागरिक लगानी कोषबाट १२ अर्ब रुपैयाँ ऋण लिइएको थियो।

हालसम्म तिर्न बाँकी सावाँ र ब्याजमध्ये कर्मचारी सञ्चय कोषलाई ३१ अर्ब ३३ करोड ९२ लाख ३१ हजार रुपैयाँ तथा नागरिक लगानी कोषलाई २१ अर्ब १२ करोड १७ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ।

निगमको कमजोर वित्तीय अवस्था, सञ्चालन खर्चमा वृद्धि तथा अपेक्षाअनुसार आम्दानी हुन नसक्दा ऋण दायित्व निरन्तर बढिरहेको देखिएको छ। विशेषगरी अन्तर्राष्ट्रिय उडान विस्तार र जहाज सञ्चालनबाट अपेक्षित लाभ प्राप्त गर्न नसक्दा निगम आर्थिक दबाबमा परेको विश्लेषण गरिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/