Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

महिला लघुवित्तको ८४ हजारभन्दा बढी कित्ता शेयर बिक्रीमा

काठमाडौं — महिला लघुवित्त वित्तीय संस्था लिमिटेड का संस्थापक समूहको कुल ८४ हजार ५३७ कित्ता शेयर बिक्रीमा राखिएको छ। कम्पनीका संस्थापक शेयरधनी निरू कुथुमी राई र इन्दिरा गिरीको नाममा रहेको शेयर शिलबन्दी…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — महिला लघुवित्त वित्तीय संस्था लिमिटेड का संस्थापक समूहको कुल ८४ हजार ५३७ कित्ता शेयर बिक्रीमा राखिएको छ। कम्पनीका संस्थापक शेयरधनी निरू कुथुमी राई र इन्दिरा गिरीको नाममा रहेको शेयर शिलबन्दी बोलपत्रमार्फत बिक्री गर्न लागिएको हो।

कम्पनीले जारी गरेको सूचनाअनुसार निरू कुथुमी राईको नाममा रहेको ७४ हजार २४६ कित्ता तथा इन्दिरा गिरीको नाममा रहेको १० हजार २९१ कित्ता गरी कुल ८४ हजार ५३७ कित्ता संस्थापक शेयर बिक्री गरिनेछ। उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७१५ रुपैयाँ निर्धारण गरिएको छ।

यो शेयर खरिद गर्न इच्छुक व्यक्ति तथा सङ्गठित संस्थाले तोकिएको न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य उल्लेख गरी आवेदन दिन सक्नेछन्। शिलबन्दी बोलपत्र आज जेठ १ गतेदेखि खुला गरिएको छ भने आवेदन दिने अन्तिम मिति जेठ ८ गते अपराह्न ३ बजेसम्म तोकिएको छ।

बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ। इच्छुक आवेदकले बोलपत्र आवेदन फाराम बिक्री प्रबन्धकको कमलादीस्थित कार्यालयबाट २०० रुपैयाँ शुल्क तिरेर प्राप्त गर्न सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

संस्थापक शेयर खरिदका लागि न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ। त्यसभन्दा बढी शेयर खरिद गर्न चाहनेले १० को गुणनमा वा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/