Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

स्नो रिभर्सको आईपीओ आजबाट बन्द हुँदै

काठमाडौं — स्नो रिभर्स लिमिटेड ले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री प्रक्रिया आज जेठ १ गते, शुक्रबार बैंकिङ समयपछि बन्द हुने भएको छ। कम्पनीले वैशाख २९ गतेदेखि सर्वसाधारणका…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — स्नो रिभर्स लिमिटेड ले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री प्रक्रिया आज जेठ १ गते, शुक्रबार बैंकिङ समयपछि बन्द हुने भएको छ। कम्पनीले वैशाख २९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो।

कम्पनीले आफ्नो जारी पूँजी ९३ करोड ७५ लाख रुपैयाँको २० प्रतिशत बराबर कुल १८ लाख ७५ हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो। निष्काशित कुल शेयरमध्ये ९ लाख ३७ हजार ५०० कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको थियो भने बाँकी ९ लाख ३७ हजार ५०० कित्ता सर्वसाधारणका लागि सार्वजनिक गरिएको थियो।

सर्वसाधारणतर्फ छुट्याइएको शेयरमध्ये ९३ हजार ७५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, ४६ हजार ८७५ कित्ता सामूहिक लगानी कोषका लागि तथा १८ हजार ७५० कित्ता कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको कम्पनीले जनाएको छ। यी सबै वर्गका लागि छुट्याइएको शेयर बाँडफाँटपछि बाँकी रहेको ७ लाख ७८ हजार १२५ कित्ता शेयर सर्वसाधारणका लागि आवेदन खुला गरिएको हो।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी सानिमा क्यापिटल लिमिटेड ले सम्हालिरहेको छ।

कम्पनीको आईपीओमा लगानीकर्ताहरूको आकर्षण देखिएको छ भने आज अन्तिम दिन भएकाले इच्छुक लगानीकर्तालाई समयमै आवेदन दिन आग्रह गरिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/