लम्जुङमा निर्माण भइरहेको ५० मेगावाट क्षमताको ‘मर्स्याङ्दी बेसी जलविद्युत आयोजना’ को लागि आवश्यक वित्तीय स्रोत सुनिश्चित भएको छ। दिव्यज्योति हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित यस आयोजनाका लागि बैंक तथा वित्तीय संस्थाहरू र प्रवर्द्धक कम्पनीबीच ऋण लगानी सम्बन्धी द्विपक्षीय सम्झौता सम्पन्न भएको हो। काठमाडौँको एक होटलमा आयोजित विशेष समारोहका बीच दुई पक्षले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
यस आयोजनाको वित्तीय व्यवस्थापनको नेतृत्व सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले सह-वित्तीयकरण मार्फत गरेको हो। कुल ११ अर्ब ३० करोड रुपैयाँको कुल लागतमा बन्न लागेको यस आयोजनामा बैंकिङ क्षेत्रबाट ७ अर्ब ५० करोड रुपैयाँ ऋण प्रवाह हुनेछ। आयोजना निर्माणका लागि आवश्यक पर्ने बाँकी ३ अर्ब ८० करोड रुपैयाँ भने विकासकर्ता कम्पनी आफैँले स्वपुँजी मार्फत जुटाउनेछ।
यो जलविद्युत आयोजना लमजुङ जिल्लाको बेसीसहर नगरपालिका र मर्स्याङ्दी गाउँपालिका क्षेत्रमा बहने मर्स्याङ्दी नदीमा निर्माण भइरहेको छ। प्रवर्द्धक कम्पनीले निर्माण कार्यलाई तीव्रता दिँदै आगामी ३० महिनाभित्रै उत्पादन सुरु गर्ने संशोधित लक्ष्य राखेको छ। आयोजना पूरा गर्नका लागि आधिकारिक रूपमा ४ वर्षको समयसीमा निर्धारण गरिएको छ।
मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाका लागि साढे ७ अर्ब ऋण जुट्यो, सम्झौतामा हस्ताक्षर