Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

सामान्य गिरावटसँगै नेप्से २७४० विन्दुमा कायम

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ । पछिल्ला दिनमा देखिएको उतारचढावकै क्रमलाई निरन्तरता दिँदै बजारमा गिरावट देखिएको हो । यस…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ । पछिल्ला दिनमा देखिएको उतारचढावकै क्रमलाई निरन्तरता दिँदै बजारमा गिरावट देखिएको हो ।

यस दिन नेप्से परिसूचक ४.१५ अंकले घट्दै २७४०.२५ विन्दुमा झरेको छ । साथै सेन्सेटिभ इण्डेक्स ०.७० अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.३६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२६ अंकले ओरालो लागेको छ ।

कारोबार रकममा पनि अघिल्लो दिनको तुलनामा कमी आएको छ । बुधबार ३३९ वटा कम्पनीको ५६ लाख ४३ हजारभन्दा बढी कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम २ अर्ब ८० करोड ७४ लाख रुपैयाँभन्दा बढी पुगेको छ ।

यस दिन एशियन हाइड्रोपावरको शेयर मूल्य सर्वाधिक ११.४२ प्रतिशतले बढेको छ । त्यस्तै, एसवाई प्यानल नेपालको शेयर मूल्य पनि उल्लेख्य रूपमा उकालो लागेको छ । अर्कोतर्फ धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सबैभन्दा धेरै ११.१७ प्रतिशतले घटेको छ भने झापा इनर्जीको मूल्य पनि उच्च दरले घटेको छ ।

कारोबार रकमका आधारमा एसवाई प्यानल नेपाल अग्रस्थानमा रहेको छ । कम्पनीको २७ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । रिडी पावर कम्पनी र साहस उर्जा पनि उच्च कारोबार हुने कम्पनीको सूचीमा परेका छन् ।

उपसमूहगत रूपमा हेर्दा १३ मध्ये ११ उपसमूह ओरालो लागेका छन् भने दुई उपसमूहमा मात्र सुधार देखिएको छ । व्यापार उपसमूह सबैभन्दा धेरै बढेको छ भने बैंकिङ, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, बीमा र लघुवित्त उपसमूहमा सामान्य गिरावट देखिएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/