Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

रिलायबल समृद्धि योजना २ को इकाई निष्काशन आजदेखि खुला

काठमाडौं — रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडले आजदेखि सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने ‘रिलायबल समृद्धि योजना २’ को इकाई निष्काशन खुला गरेको छ। बन्दमुखी प्रकृतिको यस योजनाको कुल आकार १…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडले आजदेखि सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने ‘रिलायबल समृद्धि योजना २’ को इकाई निष्काशन खुला गरेको छ। बन्दमुखी प्रकृतिको यस योजनाको कुल आकार १ अर्ब रुपैयाँ रहेको छ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा कुल १० करोड इकाई निष्काशन गरेको हो। निष्काशित कुल इकाईमध्ये १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई कोष प्रवर्द्धक रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका लागि सुरक्षित गरिएको छ भने योजना व्यवस्थापक रिलायबल क्यापिटललाई १ प्रतिशत अर्थात् १० लाख इकाई छुट्याइएको छ। बाँकी रहेको ८ करोड ५० लाख इकाईमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्।

यस योजनामा लगानी गर्न चाहने लगानीकर्ताले न्यूनतम १०० कित्ता देखि अधिकतम १ करोड कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

इकाई निष्काशनमा छिटोमा जेठ १ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा आवेदन अवधि जेठ १२ गतेसम्म लम्बिन सक्ने क्यापिटलले जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/