spot_img
19.1 C
Kathmandu
spot_img
Homeअर्थतन्त्रचैतसम्म नेपालको शोधनान्तर स्थिति ७ खर्ब ३१ अर्ब रुपैयाँ बचतमा

चैतसम्म नेपालको शोधनान्तर स्थिति ७ खर्ब ३१ अर्ब रुपैयाँ बचतमा

२८ वैशाख, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म नेपालको शोधनान्तर स्थिति (ब्यालेन्स अफ पेमेन्ट) ७ खर्ब ३१ अर्ब रुपैयाँ बचतमा पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको नौ महिनाको वित्तीय तथा आर्थिक प्रतिवेदन अनुसार अघिल्लो आर्थिक वर्षको यही अवधिमा यस्तो बचत ३ खर्ब ४६ अर्ब रुपैयाँ मात्रै थियो।

राष्ट्र बैंकका अनुसार शोधनान्तर स्थिति बचतमा रहनुको अर्थ मुलुकबाट बाहिरिने विदेशी मुद्राभन्दा भित्रिने रकम बढी हुनु हो। अमेरिकी डलरमा हेर्दा पनि शोधनान्तर बचत उल्लेख्य रूपमा बढेको छ। गत वर्ष यही अवधिमा २ अर्ब ५५ करोड डलर बचतमा रहेको स्थिति अहिले ५ अर्ब १० करोड डलर पुगेको जनाइएको छ।

त्यस्तै चालु खाता पनि उल्लेखनीय रूपमा बचतमा रहेको छ। समीक्षा अवधिसम्म चालु खाता ६ खर्ब १८ अर्ब ६८ करोड रुपैयाँले बचतमा पुगेको छ, जबकि अघिल्लो वर्ष यही अवधिमा यस्तो बचत २ खर्ब २२ अर्ब ६७ करोड रुपैयाँ थियो।

यस अवधिमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) पनि बढेको देखिएको छ। चालु आवको नौ महिनामा १४ अर्ब ५५ करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी नेपाल भित्रिएको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्ष सोही अवधिमा ८ अर्ब ९४ करोड रुपैयाँ मात्रै एफडीआई आएको थियो।

विशेषज्ञहरूका अनुसार रेमिट्यान्स आप्रवाहमा वृद्धि, सेवा क्षेत्रबाट विदेशी मुद्रा आम्दानी तथा बाह्य क्षेत्र सुधारका कारण नेपालको बाह्य अर्थतन्त्र बलियो बन्दै गएको संकेत देखिएको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here