spot_img
25 C
Kathmandu
spot_img
Homeअर्थतन्त्रट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

काठमाडौं — काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने दुई हजार १११ जना सवारी चालकलाई कारबाही गरिएको छ। उक्त कारबाहीबाट राज्यकोषमा कुल रु पाँच लाख ६५ हजार राजस्व सङ्कलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने १०९ जना चालकलाई नियन्त्रणमा लिइएको छ भने नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने १८४ जनामाथि कारबाही गरिएको छ। त्यसैगरी ट्राफिक सङ्केत उल्लङ्घन गर्ने १०३ जना र तीव्र गतिमा सवारी चलाउने २२२ जनालाई पनि जरिवाना गरिएको छ।

यस्तै, ‘लेन’ अनुशासन पालना नगर्ने १३८ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ६७ जना, सडक पेटीमा सवारी पार्किङ गर्ने ८६ जना र निर्धारित स्थान बाहिर यात्रु चढाउने तथा ओराल्ने ४२ जना चालक कारबाहीमा परेका छन्। अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार १६० जना चालकलाई समेत जरिवाना गरिएको प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरीले सडक सुरक्षालाई प्राथमिकता दिँदै नियमित निगरानी र कारबाहीलाई थप कडाइका साथ अघि बढाइएको जनाएको छ। साथै, सवारी चालकलाई ट्राफिक नियमको पालना गर्न आग्रह गर्दै उल्लङ्घन गरे कडा कारबाही हुने चेतावनी दिएको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here