
काठमाडौं — नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एकैदिन ६ वटा कम्पनीको बोनस शेयर सूचीकृत भएको छ। शुक्रबार ३ वटा लघुवित्त कम्पनीसहित ६ कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत गरिएको हो।
नेप्सेका अनुसार सन नेपाल लाइफ इन्स्योरेन्स को ५ प्रतिशतले हुन आउने २५ लाख १५ हजार ६१६ कित्ता बोनस शेयर सूचीकृत भएको छ। त्यस्तै स्वरोजगार लघुवित्त वित्तीय संस्था को १४.२५ प्रतिशत बराबर ११ लाख १७ हजार ९१ दशमलव २७४३ कित्ता बोनस शेयर सूचीकृत गरिएको छ।
यसैगरी स्वावलम्बन लघुवित्त वित्तीय संस्था को ५.६३६५ प्रतिशतले हुन आउने ९ लाख ३३ हजार ७ सय ५० कित्ता तथा छिमेक लघुवित्त वित्तीय संस्था को १२.५ प्रतिशतले हुन आउने ४० लाख १९ हजार १ सय ८२ दशमलव ३३५ कित्ता बोनस शेयर पनि सूचीकृत भएको छ।
त्यस्तै सिक्लेस हाइड्रोपावर को १५ प्रतिशतले हुन आउने १३ लाख ७५ हजार कित्ता र सर्वोत्तम सिमेन्ट को ५ प्रतिशतले हुन आउने २४ लाख ८७ हजार ७ सय ५० कित्ता बोनस शेयर समेत नेप्सेमा सूचीकृत गरिएको छ।
नेप्सेले जनाएको अनुसार सूचीकृत भएका यी सबै कम्पनीका बोनस शेयर आगामी आइतबारदेखि दोस्रो बजारमा कारोबारका लागि उपलब्ध हुनेछन्।






Leave a Reply