
काठमाडौं – पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरिएको छ। बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले शुक्रबार बिहान आईपीओ बाँडफाँड गरेको हो।
कम्पनीले फागुन १२ गतेदेखि १५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरका कुल ४५ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो।
उक्त आईपीओमा कुल २४ लाख १३ हजार ५१७ जनाबाट आवेदन परेकोमा २३ लाख ७६ हजार ७०५ जनाको आवेदन मात्र स्वीकृत भएको छ।
मागभन्दा धेरै आवेदन परेपछि गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको हो। बाँडफाँड प्रक्रियामा ४ लाख ५० हजार आवेदकले १०/१० कित्ताका दरले शेयर प्राप्त गरेका छन् भने बाँकी आवेदकको हात खाली भएको






Leave a Reply