Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बिक्री खुला

काठमाडौं - टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आज फागुन २७ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं – टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आज फागुन २७ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरेको हो।

कम्पनीले जारी पुँजी १ अर्ब २० करोड रुपैयाँको ३५.३६ प्रतिशत बराबर हुन आउने कुल ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। यसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका ४२ लाख ३० हजार ६६८ कित्ता साधारण सेयर जारी गर्नेछ।

जारी गरिने कुल सेयरमध्ये आयोजना प्रभावित भोजपुर जिल्लाका स्थानीय बासिन्दाका लागि १० प्रतिशत अर्थात १२ लाख कित्ता छुट्याइएको छ। यस्तै सर्वसाधारणलाई छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात ३ लाख ३ हजार ६७ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको कम्पनीले जनाएको छ।

स्थानीय बासिन्दाका लागि आईपीओ आवेदन दिने म्याद छिटोमा चैत ११ गतेसम्म रहनेछ भने आवश्यक परे ढिलोमा चैत २६ गतेसम्म लम्बिन सक्नेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने आवेदन दिने अवधि छिटोमा चैत १ गतेसम्म र ढिलोमा चैत ११ गते बैंकिङ समयपछि बन्द हुने व्यवस्था गरिएको छ।

यो आईपीओमा दुवै समूहका आवेदकले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको ‘मेरो सेयर’ प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

भोजपुर जिल्लाका स्थानीय बासिन्दाले भने प्रभु बैंकको भोजपुर, प्याउली र हटुवागढी शाखा, सिटिजन्स बैंक इन्टरनेशनलको भोजपुर शाखा तथा प्रभु क्यापिटलमार्फत आवेदन दिन सक्नेछन्।

यस आईपीओको बिक्री प्रबन्धकको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेडले सम्हालेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/