Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

सेयर बजारमा सकारात्मक सर्किट, कारोबार १५ मिनेटका लागि रोकियो

काठमाडौं - सोमबार सेयर बजार खुलेलगत्तै सकारात्मक सर्किट लागेको छ। बजार खुलेको केही मिनेटमै तीव्र रूपमा बढेपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सकारात्मक सर्किट लागेको हो। सकारात्मक सर्किट लागेपछि नियमअनुसार पहिलो चरणमा…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – सोमबार सेयर बजार खुलेलगत्तै सकारात्मक सर्किट लागेको छ। बजार खुलेको केही मिनेटमै तीव्र रूपमा बढेपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सकारात्मक सर्किट लागेको हो।

सकारात्मक सर्किट लागेपछि नियमअनुसार पहिलो चरणमा कारोबार १५ मिनेटका लागि रोकिएको छ। बजारमा एकैपटक उच्च माग बढेपछि सूचकमा तीव्र वृद्धि देखिएको हो।

सोमबार बजार १०८ अंकले बढेर २ हजार ८२१ दशमलव १० अंकमा पुगेको छ। बजार खुलेको सुरुआती समयमा नै लगानीकर्ताको उत्साहपूर्ण सहभागिताका कारण सूचकमा उल्लेखनीय वृद्धि देखिएको विश्लेषकहरूले बताएका छन्।

सकारात्मक सर्किट लागेपछि बजार केही समयका लागि स्थिर राखेर पुनः कारोबार सञ्चालन गरिने प्रावधान रहेको छ। बजार पुनः खुलेपछि सूचकको गति कस्तो रहने भन्नेमा लगानीकर्ताहरूको ध्यान केन्द्रित भएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/