spot_img
25 C
Kathmandu
spot_img
Homeअर्थतन्त्रखोकनाका विवाद टुङ्गो हुन नसकेपछि फास्ट ट्र्याक सुरु विन्दु फेरि तय गर्ने...

खोकनाका विवाद टुङ्गो हुन नसकेपछि फास्ट ट्र्याक सुरु विन्दु फेरि तय गर्ने तयारी

काठमाडौँ — लामो समयदेखि जग्गा विवादले थलिएको काठमाडौँ–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) आयोजना अघि बढाउन खोकना सुरु विन्दुमा देखिएको असमझदारी समाधान हुन नसक्दा सरकारले वैकल्पिक समाधान खोज्ने निर्णय गरेको छ ।

परियोजनाको सुरु गर्ने बिन्दुका लागि स्थानीय खोकनामा जग्गा अधिग्रहण तथा आवागमन व्यवस्थापनसम्बन्धी विवाद सात–आठ वर्षदेखि निरन्तर रहँदा आयोजनाको गति सुस्त रहेको र निर्धारित लक्ष्यअनुसार समयमै सम्पन्न हुन समेत कठिनाइ देखा परेको सेनाले जानकारी दिएको छ ।

त्यसैबीच, विवाद टुङ्गो पार्न नसकिएपछि सरकारले ललितपुरको फर्सिडोल क्षेत्रमा वैकल्पिक सुरु बिन्दु बनाउन सम्भाव्यता अध्ययनको आधारमा तयारी अघि बढाइरहेको नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले बताए ।

पुल्चोक इन्जिनियरिङ कलेजद्वारा गरिएको अध्ययनले फर्सिडोललाई नयाँ सुरु बिन्दुका रूपमा उपयोग गर्न सकिने देखाएको बताइएको छ । सेना, मन्त्रालय र सम्बन्धित निकायले औपचारिक निर्णयपछि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को काम अघि बढाउने तयारीमा रहेको उनले स्पष्ट पारे ।

खोकना स्थानीय समुदायको सांस्कृतिक र पुरातात्विक महत्त्व जोगाउनुपर्ने मागका कारण जग्गा विवाद लामो समयसम्म समाधान हुन नसकेकोले आयोजना सुरु गर्न कठिन रहेको छ । यहीबाट प्रेरित भएर फर्सिडोललाई वैकल्पिक विन्दु तयार पार्ने विषयमा छलफल भइरहेको छ ।

द्रुतमार्गको समग्र भौतिक प्रगति हालसम्म अपेक्षाअनुसार सन्तोषजनक नदेखिएको र आयोजनाको लक्ष्य महिना तथा लागत दुवैमा प्रभाव परेको रिपोर्टमा उल्लेख छ । आयोजना २०८३ चैतसम्म सक्ने लक्ष्य राखिएको भए पनि खोकना विवादले निर्माणमा ढिलाइ र लागत वृद्धि गरेको उल्लेख छ ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here