Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

सानिमा रिलायन्स लाइफको २ लाख ४२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं - सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले संस्थापक समूहअन्तर्गतका २ लाख ४२ हजार ६४८ कित्ता शेयर बिक्रीमा राखेको छ। कम्पनीले सार्वजनिक गरेको सूचनाअनुसार उक्त शेयरमा हाललाई कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन दिन…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले संस्थापक समूहअन्तर्गतका २ लाख ४२ हजार ६४८ कित्ता शेयर बिक्रीमा राखेको छ।

कम्पनीले सार्वजनिक गरेको सूचनाअनुसार उक्त शेयरमा हाललाई कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन्। इच्छुक संस्थापक शेयरधनीहरूले तोकिएको प्रक्रिया पूरा गरी आवेदन दिनुपर्नेछ।

शेयर खरिदका लागि आवेदन काठमाडौंको नक्सालस्थित कम्पनीको केन्द्रीय कार्यालयमा पेस गर्न सकिने व्यवस्था गरिएको छ। आवेदनका लागि ३५ दिनको समयावधि निर्धारण गरिएको कम्पनीले जनाएको छ।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरूबाट पर्याप्त आवेदन नपरेको अवस्थामा भने बाँकी शेयर अन्य व्यक्ति तथा संघसंस्थालाई बिक्री खुला गरिने कम्पनीले स्पष्ट पारेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/