- काठमाडौं – नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। सार्वजनिक दरअनुसार अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा पुगेको छ भने अन्य प्रमुख अन्तर्राष्ट्रिय मुद्राहरूको भाउ पनि बढ्दो क्रममा देखिएको छ।
राष्ट्र बैंकका अनुसार, एक अमेरिकी डलरको खरिददर १५१ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०१ पैसा कायम गरिएको छ। त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०४ रुपैयाँ ७९ पैसा तोकिएको छ भने क्यानेडियन डलरको खरिददर १०९ रुपैयाँ ३२ पैसा र बिक्रीदर १०९ रुपैयाँ ७५ पैसा निर्धारण गरिएको छ।
युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७५ रुपैयाँ ०१ पैसा पुगेको छ। यस्तै, युके पाउन्ड स्टर्लिङको खरिददर २०१ रुपैयाँ ४१ पैसा र बिक्रीदर २०२ रुपैयाँ २० पैसा कायम गरिएको छ।
राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमय दर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। साथै, वाणिज्य बैंकहरूले तोक्ने दर फरक हुन सक्ने भएकाले अद्यावधिक जानकारीका लागि सम्बन्धित बैंक वा केन्द्रीय बैंकको आधिकारिक वेबसाइट हेर्न अनुरोध गरिएको छ।




