spot_img
22.1 C
Kathmandu
spot_img
Homeबजारयती एयरलाइन्सले आईपीओ ल्याउने तयारी, एनआईएमबी एस क्यापिटल बिक्री प्रबन्धक नियुक्त

यती एयरलाइन्सले आईपीओ ल्याउने तयारी, एनआईएमबी एस क्यापिटल बिक्री प्रबन्धक नियुक्त

 काठमाडौं । निजी क्षेत्रको हवाई सेवा प्रदायक यती एयरलाइन्सलले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) जारी गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि एनआईएमबी एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी दिएको हो ।

यस सम्बन्धी सम्झौतापत्रमा एयरलाइन्सका प्रमुख वित्त अधिकृत अनुप आचार्य तथा बिक्री प्रबन्धक कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् ।

कम्पनीका अनुसार यती एयरलाइन्सले लामो समयदेखि नेपालमा आन्तरिक हवाई सेवा सञ्चालन गर्दै आएको छ । कम्पनीले सुरक्षित उडान, नियमित सेवा र गुणस्तरीय सञ्चालनलाई प्राथमिकतामा राख्दै देशका विभिन्न मुख्य शहर तथा दुर्गम क्षेत्रहरूमा उडान विस्तार गर्दै आएको जनाएको छ ।

आईपीओ निष्कासनपछि कम्पनीले आफ्नो पूँजी संरचना मजबुत बनाउने तथा सेवा विस्तारलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here