Tuesday, September 15, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौं — कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिले दैनिक रूपमा बजारमा उपलब्ध फलफूल, तरकारी तथा अन्य कृषिजन्य वस्तुको मूल्य निर्धारण गर्दै…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिले दैनिक रूपमा बजारमा उपलब्ध फलफूल, तरकारी तथा अन्य कृषिजन्य वस्तुको मूल्य निर्धारण गर्दै आएको छ।

आज सार्वजनिक गरिएको सूचीअनुसार ठूलो भारतीय गोलभेँडा प्रतिकिलो ९० रुपैयाँमा कारोबार भइरहेको छ भने लोकल सानो गोलभेँडा ७० रुपैयाँ र भारतीय सानो गोलभेँडा ६० रुपैयाँ कायम गरिएको छ। रातो आलु प्रतिकिलो २८ रुपैयाँ तथा भारतीय प्याज ४० रुपैयाँमा बिक्री भइरहेको समितिले जनाएको छ।

हरियो तरकारीतर्फ लोकल गाजर ६० रुपैयाँ, बन्दा ३५ रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ तथा तराई काउली ४० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ। त्यसैगरी लाम्चो भन्टा ६० रुपैयाँ र डल्लो भन्टा ७५ रुपैयाँ कायम भएको छ।

दलहन तथा अन्य तरकारीमा तने बोडी १२० रुपैयाँ, मकै बोडी ९५ रुपैयाँ, घिउ सिमी ९० देखि ११० रुपैयाँसम्म तथा भटमासकोसा १६५ रुपैयाँ प्रतिकिलो तोकिएको छ। तीते करेला ७० रुपैयाँ, लौका ६० रुपैयाँ, घिरौँला १०० रुपैयाँ तथा भिन्डी ८० रुपैयाँमा बिक्री भइरहेको छ।

सागसब्जीमा रायो साग ९० रुपैयाँ, पालुङ्गो १०० रुपैयाँ, तोरी साग ३५ रुपैयाँ तथा हरियो प्याज १४० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ। च्याउतर्फ कन्य च्याउ २६० रुपैयाँ, डल्ले च्याउ ४५० रुपैयाँ र सिताके च्याउ १ हजार रुपैयाँ प्रतिकिलो पुगेको छ।

फलफूलमा फुजी स्याउ ३०० रुपैयाँ, केरा प्रतिदर्जन २०० रुपैयाँ, कागती ३८० रुपैयाँ, अनार ५०० रुपैयाँ तथा हरियो अङ्गुर ३०० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ। एभोकाडोको मूल्य भने सबैभन्दा बढी प्रतिकिलो ८०० रुपैयाँ तोकिएको छ।

मसला तथा अन्य वस्तुतर्फ अदुवा १४० रुपैयाँ, हरियो खुर्सानी १०० रुपैयाँ, अकबरे खुर्सानी ५५० रुपैयाँ तथा हरियो लसुन २०० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ। ताजा माछामा रहु ३४० रुपैयाँ, बचुवा ३१० रुपैयाँ र छडी माछा ३०० रुपैयाँ प्रतिकिलो कायम गरिएको समितिले जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/