Monday, September 14, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

कालीमाटी बजारले तोक्यो आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौं— कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, सानो (लोकल) रु ६५, सानो (भारतीय) रु…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं— कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।

समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, सानो (लोकल) रु ६५, सानो (भारतीय) रु ५६ र सानो (तराई) रु ५८ निर्धारण गरिएको छ। त्यस्तै आलु रातो प्रतिकिलो रु २७ र आलु रातो (भारतीय) रु २४ रहेको छ भने प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४० कायम गरिएको छ।

तरकारीतर्फ गाजर (लोकल) रु ५०, गाजर (तराई) रु ३०, बन्दा (लोकल) रु ३५, बन्दा (तराई) रु ३०, काउली स्थानीय रु ४० र काउली ज्यापू रु ५० तोकिएको छ। साथै सेतो मूला (हाइब्रिड) रु २०, भन्टा लाम्चो रु ४० र भन्टा डल्लो रु ५० रहेको छ।

दाल तथा हरिया तरकारीमा बोडी (तने) र मकै बोडी प्रतिकिलो रु ८०, मटरकोसा रु ५०, घिउ सिमी (लोकल) रु ३०, (हाइब्रिड) रु ४० र (राजमा) रु १०० निर्धारण गरिएको छ। भटमास कोसा रु १८०, टाटेसिमी रु १२० र तीते करेला रु ४० कायम गरिएको छ।

हरियो सागसब्जीतर्फ रायोसाग प्रतिकिलो रु ६०, पालुङ्गो रु ८०, चमसुर रु ७०, तोरीसाग रु ३० र मेथी रु ७० रहेको छ। च्याउतर्फ कन्य च्याउ रु २२०, डल्ले च्याउ रु ४५०, राजा च्याउ रु ३०० र सिताके च्याउ प्रतिकिलो रु १,००० निर्धारण गरिएको छ।

फलफूलतर्फ स्याउ (फुजी) प्रतिकिलो रु ३००, स्याउ (झोले) रु २५०, केरा दर्जन रु २२०, कागती प्रतिकिलो रु ३८०, अनार रु ४८० र अङ्गुर (कालो) रु ३८० तोकिएको छ। तरबुजा रु ४५, भुइँकटहर प्रतिगोटा रु २५० र नासपाती (चाइनिज) प्रतिकिलो रु २५० कायम गरिएको छ।

मसला तथा अन्य सामग्रीमा अदुवा प्रतिकिलो रु १००, सुकेको खुर्सानी रु ४५०, हरियो खुर्सानी (अकबरे) रु ६००, हरियो लसुन रु १६० र हरियो धनियाँ रु १२० रहेको छ।

समितिले बजार आपूर्ति, माग र मौसमी अवस्थालाई ध्यानमा राखेर दैनिक रूपमा मूल्य निर्धारण गर्दै आएको जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/