काठमाडौं — कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ। दैनिक उपभोग्य तरकारी, फलफूल तथा अन्य कृषिजन्य वस्तुको मूल्य निर्धारण गरी सूची सार्वजनिक गरिएको समितिले जनाएको छ।
समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो १०० रुपैयाँमा कारोबार भइरहेको छ भने सानो (लोकल) ६० रुपैयाँ र सानो (भारतीय) ५० रुपैयाँ कायम भएको छ। त्यस्तै, आलु रातो प्रतिकिलो २७ रुपैयाँ, आलु (भारतीय) २३ रुपैयाँ तथा सुकेको प्याज (भारतीय) ३८ रुपैयाँ तोकिएको छ।
तरकारीतर्फ गाजर (लोकल) ५० रुपैयाँ र (तराई) ३० रुपैयाँ, बन्दा ३०–३५ रुपैयाँ, काउली ३०–४० रुपैयाँ तथा सेतो मूला २५ रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ। भन्टा, सिमी, मटर, करेला, लौका, परवर, चिचिन्डो, घिरौँला लगायतका हरियो तरकारीको मूल्य पनि ३० रुपैयाँदेखि १२० रुपैयाँसम्म रहेको छ।
त्यसैगरी, च्याउको मूल्य उच्च देखिएको छ। कन्य च्याउ २०० रुपैयाँ, डल्ले च्याउ ४५० रुपैयाँ, राजा च्याउ ३२० रुपैयाँ र सिताके च्याउ १,००० रुपैयाँ प्रतिकिलोसम्म पुगेको छ। कुरिलो ५०० रुपैयाँ तथा निगुरो ८० रुपैयाँमा कारोबार भइरहेको छ।
फलफूलतर्फ स्याउ (फुजी) ३०० रुपैयाँ, केरा दर्जन २२० रुपैयाँ, कागती ३८० रुपैयाँ प्रतिकिलो, अनार ४८० रुपैयाँ तथा अङ्गुर २५० देखि ३८० रुपैयाँसम्म कायम भएको छ। किबी ४५० रुपैयाँ र एभोकाडो ८०० रुपैयाँ प्रतिकिलो पुगेको छ।
मसला तथा अन्य वस्तुहरूमा अदुवा १०० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ, हरियो खुर्सानी ५० देखि ८० रुपैयाँ तथा लसुन १२० देखि २०० रुपैयाँ प्रतिकिलो तोकिएको छ। त्यसैगरी, ताजा माछाको मूल्य ३०० देखि ३४० रुपैयाँ प्रतिकिलोसम्म रहेको छ।
समितिका अनुसार बजारको आपूर्ति, माग तथा मौसमी अवस्थाका आधारमा मूल्यमा उतारचढाव हुन सक्नेछ।




