Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

दीपेन्द्रको ७५ रनसँगै नेपालले युएईलाई दियो २०१ रनको लक्ष्य

काठमाडौं — आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) सामु २०१ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४८ ओभर…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) सामु २०१ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४८ ओभर २ बलमा २०० रनमै अलआउट भयो। सुरुआतदेखि नै नियमित अन्तरालमा विकेट गुमाउँदा नेपालको ब्याटिङ दबाबमा परेको थियो।

नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले संयमित र जिम्मेवार इनिङ्स खेले। उनले ९० बलमा ७५ रन बनाउँदै टोलीलाई सम्मानजनक स्कोरतर्फ डोर्याए। उनी अन्तिम विकेटका रूपमा आउट भएका थिए।

अन्य ब्याट्सम्यानले भने ठूलो योगदान दिन सकेनन्। ओपनर कुशल भुर्तेलले २४ रन बनाउँदा आसिफ शेख ७, भीम सार्की १०, कप्तान रोहित पौडेल २ रनमै आउट भए। बसिर अहमदले २०, आरिफ शेखले १५, सोमपाल कामीले १५ र करण केसीले २२ रन जोडे। ललित राजवंशी शून्य रनमै अविजित रहे।

बलिङतर्फ युएईका अजय कुमार र जुनेक सिद्दिकी प्रभावशाली देखिए। दुवैले समान ३–३ विकेट लिएर नेपालको ब्याटिङ लाइनअपलाई धराशायी बनाए। यसैगरी तनभीरले २ विकेट लिँदा हैदर अली र मोहम्मद शाहदादले १–१ विकेट हात पारे।अब युएईले जितका लागि २०१ रनको लक्ष्य पछ्याउनेछ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/