spot_img
19.1 C
Kathmandu
spot_img
Homeवित्तमहिलालाई आत्मनिर्भर बनाउँदै सहकारी, साप्ताहिक मेला सञ्चालन

महिलालाई आत्मनिर्भर बनाउँदै सहकारी, साप्ताहिक मेला सञ्चालन

काठमाडौं – तनहुँको देवघाट गाउँपालिका–५ मा रहेको चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी संस्थाले महिलाको आर्थिक सशक्तीकरणका लागि साप्ताहिक मेला सञ्चालनमा ल्याएको छ। सहकारीले सदस्यद्वारा उत्पादित दुग्धजन्य वस्तु तथा कृषिउपजको प्रवर्द्धन र बिक्रीका लागि प्रत्येक शुक्रबार मेला आयोजना गर्न थालेको हो।

गाउँपालिकाको एकमात्र महिला सहकारीको रूपमा रहेको यस संस्थाले आयआर्जन वृद्धि र आर्थिक आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। सहकारीकी अध्यक्ष सावित्री न्यौपानेका अनुसार मेलामार्फत दूध, दही, पनिर, घ्यू लगायतका दुग्धजन्य पदार्थ बिक्री गरिन्छ।

सहकारीकी व्यवस्थापक सङ्गीता ओझा भुर्तेलका अनुसार मेलाका दिन उपभोक्तालाई विशेष छुटको व्यवस्था गरिएको छ। मेलामा कुल्फी, मोही, लस्सी, पनिर मःम, पनिर पकौडा, घ्यूमा पकाइएको सेलरोटी, दही पुरी तथा स्थानीय अर्गानिक कृषिउपजसमेत उपलब्ध गराइन्छ।

सहकारीले बचत तथा ऋण सेवासँगै दूध सङ्कलन, डेरी सञ्चालन, पशुपालन, तरकारी खेती र नगदेबाली उत्पादनजस्ता आयआर्जनमूलक क्रियाकलापमा सदस्य महिलालाई आबद्ध गर्दै आएको छ। हाल सहकारीमार्फत दैनिक ६०० लिटरभन्दा बढी दूध सङ्कलन हुँदै आएको छ, जसलाई प्रशोधन गरी विभिन्न दुग्धजन्य वस्तु उत्पादन गरिन्छ।

उक्त सहकारीमा हाल ८१९ जना शेयर सदस्य आबद्ध रहेका छन्, जसमा अधिकांश महिलाहरू पशुपालन व्यवसायमा संलग्न छन्। सदस्यहरूले उत्पादन गरेको दूध सहकारीले खरिद गरी आफ्नै चक्रवर्ती डेरी उद्योगमार्फत प्रशोधन गरेर बजारमा बिक्री गर्दै आएको छ।

सहकारीबाट उत्पादित वस्तुहरू चितवनका नारायणगढ, भरतपुर, मुग्लिङ, हेटौँडा, कावासोती र गैँडाकोटलगायतका बजारमा बिक्री हुँदै आएका छन्। साथै सहकारीको भवनबाट पनि उल्लेख्य मात्रामा बिक्री हुने गरेको छ।

व्यवस्थापकका अनुसार डेरी उद्योगमार्फत मासिक करिब १० लाख रुपैयाँ बराबरको कारोबार हुँदै आएको छ। सहकारीलाई देवघाट गाउँपालिकाले दूध उत्पादनमा प्रोत्साहन रकम उपलब्ध गराउँदै आएको छ भने उत्पादनको बजारीकरणमा हेफर इन्टरनेशनल नेपालले सहयोग पुर्‍याउँदै आएको छ।

स्थानीय तह, सहकारी र साझेदार संस्थाको सहकार्यले ग्रामीण महिलाहरूको आर्थिक अवस्था सुधारमा सकारात्मक प्रभाव परेको देखिएको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here