काठमाडौं — बलेफी हाइड्रोपावर लिमिटेडको अध्यक्ष तथा सञ्चालकमा सरोज कुमार मिश्र नियुक्त भएका छन्। कम्पनीको चैत २३ गते बसेको सञ्चालक समितिको बैठकले मिश्रलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो।
यसअघि कम्पनीका अध्यक्ष विदुर पुरीले चैत १९ गते पदबाट राजीनामा दिएपछि सो पद रिक्त रहेको थियो। सोही रिक्त पदमा बाँकी कार्यकालका लागि मिश्रलाई नियुक्त गरिएको कम्पनीले जनाएको छ।




